पुरुषहरु अर्काको खुसी र प्रगतिमा कम जल्ने गर्छन् जति महिलाहरु अर्कि महिलाको संमानमा जल्ने गर्छिन ।

चर्चित संचारकर्मी महिला अधिकारकर्मी सरु सुनार धेरै जसो दलित समुदायमा देखा परेको पछिल्लो समयमा महिला र बालबालिका माथी हुने बलात्कार बिषय बस्तु हरुको कडा आवाजमा आफ्नो फेस बुक मार्फत आवाज उठाउदै आएकी छन। आज उनले सामाजिक संजाल फेसबुकमा लेखेकी छन् ।

हाम्रो नेपाली समाजको संरचना, सोच र पंरम्पराले हरेक अन्धबिस्वासलाई अगाल्ने र बिश्वास गर्ने पनि अधिकांस महिला नै छौ पीडित पनि महिला , अनि यो अन्धबिस्वासलाइ छोडन नसक्ने पनि हामी महिला !

जस्तो छाउपडी , बोक्सी , छुवाछूत जस्ता अन्धबिस्वासमा महिलाहरुनै बिश्वास गर्ने मान्ने , अनि पीडित पनि महिला नै भएको देखिन्छ ।

प्राय एउटा महिलाको प्रगती र नेतृत्वमा जल्ने र महिलाहरुले नै साथ नदिने सोचको हाबी पनि हटेको देखिदैन धेरै लिडरसिप गर्ने दिदिबहिनीहरुले गुनासो नि गर्नु हुन्छ कि जति पुरुषहरुले साथ दिनुहुन्छ त्यति महिला दिदिबहिनीहरुले नै साथ नदिएको भन्नुहुन्छ ।।

मेरो भोगाइ र अनुभव पनि ठ्याक्कै यस्तै ।
घटना र ओकालत पीडित महिला दिदिबहिनीको गर्छु तर साथ पुरुष दाजुभाइको लिन्छु र साथ दिनुहुन्छ ।
परिबर्तन हामी पीडितको साथ लिएर मात्र होइन पीडकलाइ बुझाउन र परिबर्तन गराउन पुरुष दाजुभाइको साथ र सगै लिएर हिडन जरुरी छ ।

मलाई खुसी लाग्छ मलाई अभियानमा साथ दिने ९०% पुरुष दाजुभाइ हुनुहुन्छ वहाँहरुको साथबाट नै धेरै गर्न सकेकी छु किन कि पुरुषहरु अर्काको खुसी र प्रगतिमा कम जल्ने गर्छन् जति महिलाहरु अर्कि महिलाको संमानमा जल्ने गर्छिन ।
केही स्वभाव बदल्न चाहिँ जरुरी छ हामीले ।

धेरै सहज हुन्छ पुरुषहरुसंग सहकार्य गरि काम गर्न किन कि धर्म , संस्कार र अन्धबिस्वास मान्ने बढी पुरुष भन्दा महिला नै बढी छन् र शिकार पनि महिला नै छन् ।।
( saru sunar)