प्राकृतिक घटना भू–क्षय, बाढी, पहिरो, दैवीय विपत्ति तथा स्थल र गाडी दुर्घटनाहरु, हवाई दुर्घटना यस वर्ष पनि हुनेछन् : माता सबिता भबिष्यवाणी

आफुमा अलौंकीक शक्ति भएको बताउने माता सविता सरु शर्मा आचार्यले २०७६ को सनसनी पूर्ण भविश्यबाणी गरेकी छिन् । नयाँ बर्षको एक दिन अघि दुवई पुगेगी माता शरुले आफनो फेसबुकमा स्टाटस लेख्दै २०७६ साल पनि नेपालीका लागि शुखद नभएको बताएकी हुन । उनले राजनीतिक उथलपुथल देखि ठूला दुर्घटना हुने बताएकी छन् । उनले भने अनुसार नै नयाँ बर्षको शुरुकै दिन लुक्लामा हवाई जहाज र हेलीकोप्टर ठोक्कीर मानवीय क्षती भए पछि सविता माताले आफनो बाणीले मेल खाएको बताएकी छन् ।

सविता माताको भविश्यबाणी : फेसबुक स्टाटस

विभिन्न आरोह अवरोह पूरा गर्दै २०७५ साललाई विदा गरेर हामी नयाँ बर्ष २०७६ सालमा पाइला टेकेका छौं नयाँ बर्ष आफैमा पनि नयाँ उमंग, उत्साह र हौसला अभिवृद्धि गर्ने अवसर हो सर्वप्रथम नँयॉ बर्ष २०७६ सालको समस्त नेपालीहरुमॉ मँगलमय शुभकॉमना टक्राऊन चॉहान्छु र सबैमॉ सन्देश दिँदै तपाईंहरु सबैमॉ शुभकॉमना ब्यक्त गर्दछु र कसैले केही भन्नुस या केही सोच्नुस या मेरो बच्चाबेलाको साथि भनेको अध्यात्म रुचि हो र रुचिको विषय हो,त्यसैले आध्यात्मिक साधनामा विशेष ध्यान दिइरहेको छु र मँ अब तपाईंलाई भौतिक संसारमा कुनै रुचि छैन तपाईं आफूले गरिरहेको पेशामा सफल बन्न चाहनुहुन्न र तपाईंलाई विपरीतलिङ्गीप्रति कुनै आकर्षण छैन ।

तपाईं पैसा कमाउनतिर पनि लाग्नुहुन्न किनभने पैसालाई महङ्खवहीन सम्झनुहुन्छ तपाईंका साथीभाईहरु ईष्टमित्रहरु सबैले यस्तै सोच्छन् कतिपय मानिस त आफ्नो घरपरिवारसँगको सम्बन्ध, नोकरी आदि छुट्छ भनेर आध्यात्मिक साधना गर्नदेखि डराउने गरेका पनि पाइन्छन् उनीहरूको सोचअनुसार जवान होउञ्जेल भौतिक सफलताका पछाडि दौडने हो र बूढेसकाल लागेपछि धर्म–अध्यात्ममा लाग्ने हो र कतिपयले त भन्ने नै गर्छन्,यदि सबै मानिस भौतिक संसार त्यागेर अध्यात्ममा लागे भने संसार कसरी चल्छ ?
अहिले भइरहेको विकास हुन कसरी सम्भव हुन्छ? यसरी एकपक्षीय सोच राख्नेहरुका लागि उनीहरूकोे सोच गलत हो भन्ने गतिला उदाहरण हुन्, श्रीकृष्ण अनि आध्यात्मिक साधना र भौतिक सफलतालाई सँगै लान सकिन्छ र जीवनलाई सही तरिकाले बढाउनका लागि दुवै आवश्यक पनि छन् भन्ने दृष्टिकोणबाट हेर्ने सीमित मानिसहरूका लागि पनि आदर्श पात्र हुन् श्रीकृष्ण श्रीकृष्णलाई राम्रोसँग बुझ्ने हो भने तपाईं कसैसँग प्रेममा डुबिरहँदा पनि आध्यात्मिक बन्न सक्नुहुन्छ राजनीति गर्नुस्,व्यापार गर्नुस्,जागिर खानुस् या जेसुकै गर्नुस् सबै अवस्थामा आध्यात्मिक बन्न सक्नुहुन्छ र ध्यान–साधनामा निरन्तर अगाडि बढिरहन गर्न सक्नुहुन्छ ।

आफ्नो पेशामा आध्यात्मिक साधनालाई जोड्ने हो भने त्यस पेशामा झन् सफल बनिन्छ, किनभने आध्यात्मिक स्वभावको मान्छेमा एकाग्रता स्वतः-बढी हुन्छ त्यसैले उसले हरेक काम मजाले डुबेर गर्न सक्छ र उसमा सफलता र असफलता दुवै अवस्थालाई सहजै स्वीकार गर्न सक्ने क्षमता विकसित अवस्थामा हुन्छ साथै यही क्षमताका कारण दुवै अवस्थामा हरेश नखाई निरन्तर अगाडि बढिरहन सक्छ र यदि अध्यात्ममा मात्रै लाग्छु भनेर सबै चिज छाडी लाग्नुभयो भने भौतिकताले तानिरहने पक्का छ,किनभने हाम्रोजस्तो विकासोन्मुख देशका अधिकांश मानिसको जीवन दैनिक गुजारा चलाउनका लागि सङ्घर्ष गर्नमै बितिरहेको हुन्छ उनीहरूले भौतिक सुखको राम्रोसँग अनुभव गर्न पाएकै हुँदैनन्।

आफूले अनुभव गर्न नपाएको चिज पाउने इच्छा मनभित्र गडिएको हुन्छ परिणाम,अध्यात्म आनन्ददायक नभएर पीडादायक बनिदिन्छ र यस्तो अवस्थामा तपाईं न भौतिक रूपमा सफल बन्न सक्नुहुन्छ,न आध्यात्मिक रूपमा अन्तिममा केही पनि प्राप्त नगरी तपाईं तनावमा पुग्नुहुन्छ अति तनावका कारण औषधि नै सेवन गर्नुपर्ने अवस्था पनि नआउला भन्न सकिन्न र अहिलेको हाम्रो समाजमा यही स्थिति टड्कारो रूपमा देखिएको पाउन सकिन्छ जस्तै हॉम्रो चाड भन्न पर्छ।

नयॉ बर्ष २०७६ सालको पावन अबसरमॉ हॉमीहरुले सुरुमॉ मॉन्ने देवता मॉता,पिता,गुरु जि महाराज, ज्योतिषका अनुसार नैँ पात्रों हेर्ने, रितिरिवाज,चाडपर्व पलाघडीका अनुसार धार्मिक शास्त्र अनुसार भबिष्यबॉणीहरु यसप्रकार छन् यस्तै राजा शनि र मन्त्री सूर्यको बीचमा आपसी शत्रुताले कार्य व्यवस्थामा बाधा,विरोध आदि उत्पन्नले सबैको मनमा नैराश्यता छाउँदा कुनै पनि कार्यक्रम र योजना निर्वाद हुने देखिदैन् र विवादै-विवादहरु सँग समस्याहरु आऊनेछन् अनेकौं विवादले जनताका समस्यामा राष्ट्र प्रमुखको दृष्टि नपुग्दा विकास निर्माणका कार्यमा गति लिन नसक्ला राज्य शक्ति बलियो देखिए पनि राजनैतिक शक्तिहरुमा असहज परिस्थिति उत्पन्न हुनेछ।

अबका दिनहरु देशमा राजनितिक रक्तपातहरु झगडाहरु, बन्द, हड्ताल, विरोध, उच्छृङ्खल र अमानवीय गतिविधिले उग्ररुप लिने देखिन्छन साथै हॉम्रो आर्थिक, सामाजिक क्षेत्रमा सन्तोषजनक परिस्थिति देखिदैन वैदेशिक अनुदान तथा रोजगारी क्षेत्रमा केही सुधारका कार्यहरु भए तापनि व्यवस्थापनमा कमजोरीका कारण उपार्जनका क्षेत्रमा ढिलासुस्ती हुने देखिन्छन् र भौतिक पूर्वाधार तथा प्राविधिक शिक्षामा केही आशालाग्दा कामहरु हुनेछन्।

व्यापारी वर्गको उन्नतिमा खासै प्रगति हुने देखिदैन तर पनि नयाँ उद्योग,कलकारखानाको स्थापना हुने छन् पत्रकारको सुरक्षामा राज्य गम्भीर नदेखिए पनि पत्रकार आफै आफ्नो हकहित पेशालाई मर्यादित बनाउन लागि पर्ने देखिन्छन् र सञ्चार क्षेत्रमा नयाँ तथा केही आधुनिकता भित्रिने छन् र हॉम्रा देशका कलाकारिता र साहित्यको क्षेत्रमा नविनतम प्रयोग हुनेछन् सरकारी पक्षबाट भने कानूनमा केही अंकुश लगाउने देखिन्छ स्वास्थ्य विज्ञानको क्षेत्रमा नयाँ प्रविधिको विकासले निरन्तरता पाउने छन् राज्य र निजी क्षेत्रबाट स्वास्थ्य संस्थानहरु स्थापना भई केही मात्रामा भए पनि जनतामा आशा पलाउनेछ।

मौसमी रोग, व्याधी तथा प्राणघातक रोगहरुको नियन्त्रणमा चासो नदेखाउँदा केही जटिलताहरु उत्पन्न हुनेछन् साथै बिविद सामॉजिक रुपमॉ बलात्कारहरु जस्तै चोरी,डकैती,लुटपात र अशोभनीय घटनाहरुमा केही नियन्त्रणका कामको अनुभूति हुनेछ आन्तरिक तथा वैदेशिक रोजगारका क्षेत्रमा केही सफलता प्राप्त हुने देखिन्छ वैदेशिक सहयोग पर्याप्त मात्रामा आए तापनि उत्पादन क्षेत्रमा लगानी नगर्दा कुनै ठूलो परिवर्तन हुनेछैन र प्रमुख कृषि बाली धान, गहुँ, मकै, जौलगायत वस्तुको उत्पादन राम्रो भए तापनि बजार भाउ नपाउँदा किसानहरु निरास हुनेछन।

सुन, चाँदी, धातु, हिरामोती आदिको बजार भाउ मध्यम रहनेछ साथै घर-जग्गा,जमिनको कारोबार बृद्धि रहनेछ साथै कृषि,पशुपालन व्यवसाय लाभदायक बन्नेछन र धेरै मॉत्रामॉ जलवायुको परितर्वनको प्रभावले तापक्रममा प्रतिकूलता आउने छ र प्राकृतिक घटना भू–क्षय, बाढी, पहिरो, दैवीय विपत्ति तथा स्थल र गाडी दुर्घटनाहरु, हवाई दुर्घटना यस वर्ष पनि हुनेछन् प्रभावमा भएकोले सरकारी कॉमहरुमॉ विरोधहरु देखापर्ने छन् र ज्योतिषीय भाषामॉ यो वर्षको राजा जगतलग्नमा केन्द्रमा दश मेश, निच र जगतलग्नको संसदको स्थानमा मालिक स्वइच्छाकारी तृतीयेश भाग्यमा भएकोले सरकार र संसदहरुमॉ विविध उतारचढाव परिस्थिति आउनेछन्।

र सांसदको असहयोगमा सहकारी योजनामा बाधा आउने छन् साथै लग्नेश, दशमेश दुबै निचो भएकोले केन्द्र,प्रदेश सरकार विरोधमा स्थानीय सरकार रहनाले जनताका नियमित कार्यहरु प्रभावित हुनेछन् र जगतलग्नमा वृहस्पति बलियो भएकोले शैक्षिक,बौद्धिक क्षेत्रमा समस्या रहने छ सेना,पुलिसको मनोबल बढ्ने नीति नियम बन्ने छन् र शुभ,चन्द्रको प्रभावले सञ्चार,प्रविधि,स्वास्थ्य,वैदेशिक नीति,बिमा क्षेत्रमा सफल छ बलियो ग्रह भएकोले विकास निर्माणमा केही गति अवश्य आउने छ साथै सरकारी खर्चमा बृद्धि आउने देखिन्छ दशममा पापग्रह भएकोले सरकारका महङ्खवाकांक्षी योजनाहरु आउनेछन् सरकारी कोषमा केही दुरुपयोग हुनेछ।

बुध निचो हुनाले व्यापार वर्गमा औद्योगिक क्षेत्रमा समस्या नै देखिन्छ यस वर्षमा कृषि उत्पादन बृद्धि,शैक्षिक र प्राविधिक क्षेत्रमा वैदेशिक सहायता आउने छ नेपालको राशिमा आढेसाती शनि ग्रहले खर्चमा बृद्धि,काममा ढिलासुस्ती रहनेछ वर्षको शुरुवातमा वृहस्पतिको शुभ योगले बौद्धिक वर्ग र राजनेताहरुको सोंचमॉ क्षमता बृद्धि रहने छ यो वर्षको मध्यभाग पछि देशको आर्थिक शुभ संकेत आउने छ नेपालको लागि यस वर्ष जेष्ठ,श्रावण,भाद्र,मंसिर र चैत्र महिना नराम्रो रहने छ यस २०७६ सालमॉ यस्ता समस्याहरु आऊने जॉने क्रम जारी रहने रहने छ!!

माता अचानक किन युएइ पुग्नु भयो यो भिडियो पनि हेर्नुहोस