बिष्णु माझी र बिरबल ढकालको गीतमा सारिका र हरि कुमार श्रेष्ठको प्रेम यसरी टुट्यो

काठमाण्डौं -नेपाली लोक दोहोरी गितमा कर्णप्रिय आवाज दिएर धेरैको मनछुन सफल भएकी चर्चित गायिका बिष्णु माझी फेरि एक पटक दुनियाँलाई रुवाउने “म त हजुर” बोलको गित लिएर आएकि छिन ।
लामो समय देखि नेपाली लोक तथा दोहोरीकोे क्षेत्रमा संघर्ष संगै एकछत्र राज पनि गरिरहेकी चर्चित तथा लोक प्रिय गायिका बिष्णु माझीको यो गीतमा बिष्णुलाई बिरवल ढकालले साथ दिएका छन् । काजी बाबु अर्याल र रमेश बि जी को उत्कृष्ट शब्द सिर्जना रहेको यो गीतमा बिरवल ढकालको मनै छुने लय सिर्जना रहेको छ । गीतलाई एरेन्ज बिनोद बाजुरालीले गरेका हुन ।

तिर्सना म्युजिक प्रा ली को यु ट्युव च्यानल मार्फत सार्बजनिक भएको गीतको म्युजिक भिडियोको निर्देशन दुर्गा पौडेलको रहेको छ । देबराज गुरुङको छायाँकन रहेको म्युजिक भिडियोमा नविन घर्ति मगरको सम्पादन रहेको छ । गीतको म्युजिक भिडियोमा चर्चित मोडल सारीका के सी र हरी कुमार श्रेष्ठको अभिनय रहेको छ ।
गीतको म्युजिक भिडियो हेर्नुहोस