बिदेशमा रातो कार्पेट बिछ्याएर भि आई पि, नेता र मन्त्रीहरू स्बागत गर्ने प्रथाको अन्त्य कहिले होला ?

महेश भट्टराई,

नेपाल बाट सरकारि खर्च र भत्ता खा़एर बिदेश घुम्न आउने चलन नया होइन । पंचायतकाल देखि नै चलि आएकै हो । कांग्रेसीहरूले पनि त्यसैको देखाशुखी नै गरे ।एमाले सरकार हुदा पनि त्यसै लाई नै पछ्याए । बिदेश घुमेर नेपालको बिकास हुने भए पहिल्यै हुन्थ्यो !

आज गणतन्त्र र ठुलो परिबर्तनको फड्का मारि सकेको र बिकासको गति लाई तिब्र पार्नु पर्ने अबस्था र कम्युनिष्ट सरकार हुदा समेत गा वि स अध्यक्ष्य देखि मन्त्रि, प्रधान मन्त्री, राष्ट्रपति र भू पु सम्मको दैनिक बिदेश भ्रमण गर्ने लहरो लागेको छ । खर्चले कहिले र कति सम्म धान्ने होला ?

एकातिर बिकास बजेट भएन र पुगेन भनेर अर्थ मन्त्री छटपटाउछन र बिदेशी संग लगानीको लागि गुहार्छन अर्को तिर अरबौ रूपैया बिदेश भ्रमणमा सकाउछन ! कति बिबेक र कति औचित्य ?

बिदेश बस्नेहरू र बिभिन्न संघ सस्थाहरूले पनि दिन दिनै गो फन्ड र सहयोगको नाममा भुकम्प, बाढि पैरो, औषधी उपचार,अपाड्ग, स्वास्थ्य, शिक्षा … को नाममा उठाएर नेपाल पठाउछौ र अर्को तिर तिनै गरिब जनताको कर गास, बास, कपास, शिक्षा, स्बास्थ्यको पैसा ब्रहलुट गर्दै बिदेश भ्रमणमा आउने तिनै नेताहरू लाई फजुल खर्च रोक्न बिरोध गर्नुको सट्टा रातो कार्पेट बिछ्याएर स्बागत गर्छौ । हामी Nrn हरू थप लगानिका कुरा गर्दै धनुष्टंकार नमस्कार गर्छौ !

काम छाडेर फोटो खिचेर फेसबुकमा पोष्ट र लाईभ गर्छौ र चाडकीपूर्ण अन्तरबार्ता लिन्छौ । के को स्बार्थ हो थाहै छैन ? कति बिबेकपूर्ण छौ NRN भनिने हामी स्वंय नेपालीहरू पनि ?

आज सम्म के कुनै पत्रकार वा कुनै उपस्थित महानुभाबले सोध्ने हिम्मत गर्नु भो – तपाईको भ्रमणले एउटा गाऊको गरिबलाई के सुबिधा प्राप्त हुन्छ ? भ्रमणको लक्ष्य, उद्देश्य औचित्यता र उपलब्धि के ? भ्रमणको खर्च कति र स्रोत के ? हिज बिदेश भ्रमण गरि राजश्य नष्ट गर्न पाइदैन भनेर सडक आन्दोलन गरेको भुल्नु भो ?

तेति मात्र हैन आज सुन्नमा आएको छ यहां त मानव ओसार पसारमा नेपाल कै मन्त्री , नेता र बिशिष्टहरूको अमेरिका, अष्ट्रोलिया, क्यानडा, यूके,जापान …मा पत्रकार, केहि समाजसेबी र सामाजिक संघ संस्थाको समेत गोप्य संजाल नै छ ! नेताहरू आफ्नै कार्यकर्ता ओसार पसारको कै लागि समेत भ्रमण गर्ने गर्छन रे ! खोज प्रत्रकारिता गरेमा प्रमाणित समेत हुन सक्छ।

समय परिबर्तन भयो,संबिधान बदलियो, शासन बदलियो, मानिस बदलियो, देश बदलियो तर निति, नैतिकता, अनुशासन र उत्तरदायित्व कहिल्यै बदलिएन !

“परिबर्तन हरेक म बाट शुरू हुन्छ !”