बर्षौ पछि नारायण रायमाझीको आयो नयाँ गीत, सुनिता शर्माको आवाजले सबैको मन जित्ने पक्का…(भिडियो सहित)

काठमाडौ — अहिले नेपाली गीत संगीतमा अचम्मै भइरहेको छ । धमाधम गीतहरुले करोड क्लव छोइरहेका छन भने लोकदोहोरीलाई हेला गर्नेहरु पनि अहिले जिव्रो टोकिरहेका छन । प्रगति र गुणस्तर दुवै बृद्धि भइरहेको नेपाली लोकदोहोरीमा एक पछि अर्को किर्तिमानी बन्नेक्रम जारीनै छ ।

यसै क्रममा भर्खर मात्र एउटा गज्जवको संयोग एउटा गीतमा देख्न सकिन्छ । भर्खर मात्र सार्वजनिक भएको जुनेली रातमा बोलको गीतमा यो क्षेत्रकै दिग्गज नारायण रामाझी,चन्द्र शर्मा र रमेश विजीलाई एउटै गीतमा देख्न पाइएको छ । यि तिनै नाम नेपाली लोकदोहोरीको लागी निकै महत्व राख्ने नाम पनि हुन ।

रायमाझी र सुनिता शर्माकाे आवाज रहेको सो निकै उत्कृष्ट गीतमा खेम सेञ्चुरीले लय सिर्जना गरेका छन भने गीतमा मुटु छुने शब्द भने प्रदिप अधिकारीले गरेका छन ।

निकै उत्कृष्ट रहेको सो गीतमा माकुरीबाट अभिनयमा चर्चा कमाएका सर्जक तथा मोडल रमेश विजी र गायक चन्द्र शर्माले अभिनय गरेका छन उनीहरुलाई नयाँ पुस्ताका सम्झना लामिछाने मगर र मैना रेश्मी मगरले साथ दिएकी छन ।

गीतलाई विदेशीन लागेको युवा र युवतिको कथालाई विषयबस्तु बनाइएको छ भने सुनिताको आवाज गीतमा निकै उत्कृष्ट सुनिएको छ ।

अब हेरौं सो गीतको पुरै म्युजिक भिडियो