गुल्मीमा काउली बुढीको अहिलेसम्मकै बबाल कमेडी, उनलाई छुन दर्शकहरुले हम्मेहम्मे सम्म गरे (भिडियो सहित)

स्कटनेपाल,

गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा २० चैतदेखि सञ्चालन भइरहेको प्रथम गुल्मी सांस्कृतिक तथा पर्यटन महोत्सवमा हालसम्म १३ हजारभन्दा बढी टिकट बिक्री भएका छन्। सास्कृतिक महोत्सब एंब ब्यापार मेला २०७५ करिब १० दिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।

चैत्र २० देखि चैत्र ३० सम्म चल्ने यो महोत्सबमा २ दर्जन भन्दा बढी राष्ट्रिय कलाकारले आफनो प्रस्तुति दिनेछन । जसमध्ये आज सातौ दिन पालो परेको थियो गायिका, कमेडियन या भनौ सबैको मनमा राज गर्न सफल काउली बूढीको। उनले गरेको बब्बल कमेडीले दर्शकहरु लोटपोट भएका छन, जब उनी स्टेजमा चढिन त्यस पछित झन माहोलनै अर्कै बन्यो, दर्शकहरु उनलाई छुन हम्मेहम्मे सम्म गरे ।

महोत्सवमा पहिलो दिन निशुल्क प्रवेशको व्यवस्था मिलाइएको थियो । महोत्सवमा विद्यार्थी र एकल महिलाको लागि ४० प्रतिशत छुट गराइएको छ । विद्यार्थी र एकल महिला आफ्नो परिचय खुल्ने पत्रको साथमा आए ५० रुपैयाँ पर्ने टिकट ३० रुपैयाँमै उपलब्ध गराइने भलामीले जानकारी दिए । महोत्सवमा ज्येष्ठ नागरिक, असहाय तथा अपांगलाई पनि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

हेरौ काउली बुढीको यो कमेडी मनोरंजनले भरिएको भिडियो :