६३ बर्षिय बृदा सुनारलाइ त सानो जात, तल्लो जात, अछुत दलित कमेनी भन्दै निर्मम कुटपिट (भिडियो सहित)

चर्चित संचारकर्मी महिला अधिकारकर्मी सरु सुनार धेरै जसो दलित समुदायमा देखा परेको पछिल्लो समयमा महिला र बालबालिका माथी हुने बलात्कार बिषय बस्तु हरुको कडा आवाजमा आफ्नो फेस बुक मार्फत आवाज उठाउदै आएकी छन। सुनारले एउटा दुखद खबर सामाजिक संजालमा पोस्ट गरेकी छन्छ उनि लेख्छिन।

उनको पोस्ट जस्ताको तस्तै उनकै फेसबुक बाट :
कुटने बेलामा दलित सानो जात ,पानी नचल्ने भन्दै कुटछन् अनि छुवाछूतको मुद्दा दर्ता गरे सि कहाँ भन्नू भने कै छैन भनी झुटो आरोप लगाए भन्छन् , हेर्नुस् यो फोटोहरु यो कुनै अरु कारण होईन यी हुन् ६३ बर्षिया मनकुमारी सुनार ,भरतपुर महानगर पालिका वडा न.२४ कुमारी चोक यिनको घर हो ।
वरपर छिमेकी अन्य समुदाय पनि छन् बिचरा ६,७ बर्षका नातिनातिना छिमेकी श्रेष्ठ थरको घरमा खेल्दै पुगेछ्न के गर्दा भित्र पसेछन अनि सानो जात भएर हाम्रो घरमा पसिस भन्दै बच्चालाई कुटन थालेछ्न् ।

६३ बर्षिया हजुराआमाले नातिहरुलाइ कुटेको देखेसी किन कुटेको भन्दा ” त सानो जात , कमिनी आफू सानो जात भएर पनि आफ्नो बच्चालाई समाल्न सक्दिनस् ? आफू सानो जात भए सि हाम्रो घरमा पस्नु हुदैन भन्नी थाहा छैन भन्दै मन कुमारी श्रेष्ठ र धनकुमारी श्रेष्ठले ती आमालाई कुटेछन् ।
लौ हेर्नुस हाम्रो समाज अब हाम्रा बच्चालाई पनि हामी सानो जात हो भनी कतै बाहिर नजानु खेल्न पनि भनी बाध्नु पर्यो हो ??
अनि हामीले जातीय छुवाछूतको मुद्दा दर्ता गर्दा सामाजिक सद्भाव भाडिस कुटन त कुटेको हो तर दलित भनी होईन भनी हामीलाई उल्टा किन मुद्दा दर्ता गरिस भनी धम्काउने हो ??
कि हामी यसरी जात कै नाममा कुटाइ खाइरहनि ??
थुक्क यो समाजका तिमिहरु जस्ता पशुहरुलाइ जहाँ आफू ठूलो जात हु भन्न हाम्रा बृद्ध आमा , सुत्केरी दिदिबहिनीलाई दलित भन्दै निर्मम कुटपिट गर्छौ ,?
२१ औं सताब्दिमा पशुहरु तिनै हुन् जसले यस्तो व्यबहार गर्छन् ।।

धम्की मलाई धेरै आएको छ तर म मर्न देखि डराउदिन यस्तो मेरा दिदिबहिनीहरुको अबस्था र चीत्कार म हेर्न सक्दिन …
कि खोजौ मुक्ती कि रोजौ मृत्यु तर जातीय विभेद सहेर यस्तो अन्याय सहेर नबसौ …
( सरु सुनार )