भारतको इशारामा नेपाल सिध्याउन लागि पर्यो वर्तमान सरकार : चित्र बहादुर केसी (भिडियो)

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले केपी ओली र प्रचण्ड भारतको इशारामा चलि नेपाल सिध्याउन लागि परेको आरोप लगाएका छन्।

नेपाली नागरिता विदेशीलाई विक्री गरेर सत्ता हडप्ने देखि भारतलाई खुशी पार्ने राजनीतिक शक्तिहरुले चाहाना रहेको बताए। उनले नेपाली जनता एकजुट भएर भारतको अतिक्रमणलाई खारेज गर्नु पर्ने जनाए । केसीले चुपचाप बसे देश टुक्रिने संज्ञा दिएका छन्।

सरकारको अंग्रिकृत नागरिकता प्रदान गर्न निर्णय गलत भएको भन्दै उनले भने, ‘यो नेकपाको आत्मघाती चरित्रको चरम सिमा हो जसको हामी घोर भर्सना गर्छौ र जनताले पनि गर्नुपर्छ।’ यसरी नागरिकता लिनु अवैदानिक रहेको उनले बताए।

देशको राष्ट्रियता, सार्वभौमता र अखण्डतालाई सौदा बाजी गरेर सत्तामा गई जनताको महत्व र शक्तिको पहिला जसरी चरम दुरुपयोग हुन्थ्यो आजको बर्तमान सरकार पनि त्यही गतिमा जादै गरेको उनले बताए। यस्ता गलत क्रियाकलापको भण्डाफोर गर्नु पर्ने उनको भनाई छ।

बामपन्थी पनि देश द्रोही भएको भन्दै उनले भने, ‘बामपन्थीले हिजोको दिनमा देशको राष्ट्रियताको लागि लडे तर आज बामपन्थी अहिले खामपन्थी बन्यो। उनीहरु सत्ता जोगाउन आज देशद्रोही बने।’ उनले जबसम्म विदेशीशक्तिको चलखेल नष्ट हुदैन तबसम्म देशमा शान्ति नाउने बताएका छन्।

हेर्नुहोस भिडियो