पोखरमा रहस्यमय घटना : बिहानै जुनाले गरिन् रहस्यमय आत्महत्या, श्रीमान् कोरीया, गाउँलेको यस्तो भनाई (स्थलगत)

सोमबार बिहान करिब ९ बजे जुना कार्कीले कोठाको सिलिङ फ्यानमा सलको पासो लगाएर आत्महत्या गरिन् । म्याग्दी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ५ बस्ने जुनाका श्रीमान् बैदेशीक रोजगारका लागी कोरीया छन् ।

मालेपाटमा सिलाई कटाई पसल खोलेर जिविको पार्जन गर्ने कार्की बिगत २ महिना देखी दायाँ हातको समस्याबाट ग्रस्त थिईन् । चट्याङ्का कारण बिद्युतीय करेन्ट लागेर दाईने हातमा गम्भिर चोट लागेको र उक्त चोट निको नभएकाले उनले आत्महत्याको बाटो रोजेको गाउँलेहरुको भनाई छ ।

२ महिनासम्म पनि पोखरामा उपचार गरएपछि डाक्टरले पोखरामा उपचार नहुने काठ्माण्डौं जान सल्लाह दिएपछि हिजो राती (आईतबार) रुदै घरमा आएको छिमेकीले बताएका छन् । बिहे भएको धेरै बर्ष भएपनि बच्चा बच्ची थिएनन् भने निकै मेहनती र सहयोगी भावनाकी जुनाले आत्महत्या गरेकोमा बिषय अझ गम्भिर भएको गाउँलेहरु बताउँदै थिए ।