अहिले सम्मकै यस्तो महान काम गरिन् २५ वर्षीय यी युवतीले ! तपाइ हामीले पनि केहि सिक्ने कि ?

पोखरा महानगरपालिका वडा नं. ६ जरेबरकी एक किशोरीले आफ्नो जन्मदिनको अवसरमा दलित र गरीब विद्यार्थीलाई सहयोग गरेर मनाएकी छन् । २५ वर्षीय कृति श्रेष्ठले कास्कीको माछापुच्छ«े गाउँपालिकामा रहेको कैलाश टेत्सुओ आधारभुत विद्यालयका विद्यार्थीलाई सहयोग गरेर आफ्नो जन्मोत्सब मनाएकी हुन् ।

उनले शुक्रबार विद्यालयमा आयोजित परिक्षाफल सार्वजनिक कार्यक्रममा उक्त विद्यालयका विद्यार्थीहरुलाई एक वर्षका लागि खाजाको लागि आर्थिक सहयोग गर्ने बताएकी हुन् । उनले विद्यार्थीको खाजाको लागि २५ हजार दिईसकेकी छन् भने अरु अपुग रकम पछि दिने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

सो अवसरमा कृतिका आमा उर्मिला श्रेष्ठले छोरीले सानै उमेरमा सामाजिक काममा देखाएको ईच्छाले आफुलाई निकै खुसी तुल्याएको बताउनुभयो । श्रेष्ठले उनले घोषणा गरेको खाजाको कार्यक्रममा आफुले पनि सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले अघिल्लो वर्ष आफुले विद्यार्थीहरुलाई १ वर्षको खाजाको लागि आर्थिक सहयोग गरेको र त्यहि देखेर छोरीले आफुले आफ्नो खाजा खर्च र फजुल खर्च कम गरेर विद्यार्थीहरुलाई सहयोग गर्न चाहेकाले पोखरा देखि धितालसम्म पुगेर सहयोग गरेको बताउनुभयो ।

लायन्स क्लब लगायतका विभिन्न सामाजिक संस्थामा रहेर विभिन्न ठाउँमा सहयोग गरीरहेको भएपनि आफ्नै छोरीले सामाजीक काममा अग्रसर भएर लाग्दा आफुलाई निकै खुसी लागेको उर्मिलाको भनाई रहेको छ ।

हेर्नुहोस यो भिडियो