कुनै समय नेपाली रजतपटमा निकै रुचाइएकि नायीका नन्दिता केसिको पछिल्लो चलचित्र अमेरीकन बाबु मेड इन नेपाल सार्वजनिक (भिडियो)

कुनै समय नेपाली रजतपटमा निकै रुचाइएकि नायीका नन्दिता केसिको पछिल्लो चलचित्र अमेरीकन बाबु मेड इन नेपाल सार्वजनिक गरिएको छ ।

अमेरीकामा निर्माण गरिएको र अमेरीका र क्यानडामा रुचाइएको चलचित्र अमेरिकन बाबु मेड इन नेपाल सिधै यूटुवमा रिलिज गरिएको हो । चलचित्रका निर्देशक तथा निर्माता बाहिर रहेको र नेपालमा बितरक तथा हलवाला संग बारम्बार ताकेता गर्न नसकेको कारण फिल्म सिधै ड्रिम्स गेट नेपाल को अफिसियल यूटुव च्यानलमा मा रिलिज गरिएको निर्देशक इश्वर थापाले जानकारी दिए ।

ड्रिम्स गेट नेपालको व्यानरमा निर्माण गरिएको चलचित्र अमेरीकन बाबु मेड इन नेपालले लगानिको ८० प्रतिशत यूएसए र क्यानडा बाट उठाइसकेको छ । बाबु बोगटि , नन्दिता केसि , स्मृति पोखरेल , एहशान ढकाल, राजेश गुरुङ , क्रिस थापा , अन्जली लामा , प्रवेश उप्रेती पल , प्रियंका आएर , रघु गिरि , जंगबु शेर्पा , सुरेन्द्र बास्तोला लगायतका कलाकारको अभिनय रहेको चलचित्र राजेश गुरुङ , मन्जु राना र सम्झना उप्रेतिले निर्माण गरेका हुन् ।

हेर्नुहोस भिडियो :