‘बाचे दिलमा सजाउने मरे शंख बजाउने’ देबी घर्ती र रिजन थापाको आवाजमा मार्मिक गीत सार्वजनिक (भिडियो सहित)

गीत संगीतले मानिसलाई मनोरञ्जन प्रदान गर्ने गर्दछ । संगीतले मनोरञ्जन मात्र प्रदान गर्दछ भनेर हामीले भन्यौं भने हामी गलत हुन्छौं । संगीतमा मानिसको भावना, दुःख, पीडा, सामाजिक सन्देश समेत लुकेको हुन्छ ।

सांगीतिक क्षेत्रमा पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल बन्दै गरेका मोडल प्रकाश सापकोटाको शब्दमा मनसुन क्रियसनले ‘शंख’ नामक एल्बम सार्वजनिक गरेको छ । सामाजिक कुरिती, विकृति, विसंगति तथा सामाजिक भेदभावलाई गीति कथा मार्फत जस्ताको तस्तै पर्दामा उतारिएको छ । रिजन थापा मगरले संगीत भरेका गीतलाई देवी घर्ती तथा रिजन थापामगरले स्वर दिएका छन् । गीतलाई बासु बरालले छायांकन गरेका हुन् भने यस गीतमा प्रकाश सापकोटा, सिमा ढकाल, जिरे खुर्सानीमा ख्याती कमाएकी कलाकार सविता गुरुङ तथा बाल कलाकारको रुपमा कृष श्रेष्ठले दमदार अभिनय गरेका छन् ।

मनसुन क्रियशनको प्रस्तुति रहेको यस गीतलाई काभ्रे जिल्लाको सुब्बा गाउँमा छायांकन गरिएको हो । यस गीतलाई श्याम कुँवरले सम्पादन गरेका छन् भने गीको कथावस्तु तथा निर्देशन चलचित्र निर्देशक तथा कोरियोग्राफर देवेन्द्र पाण्डेले गरेका हुन् । गीतलाई मनसुन क्रियसनको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

समाजमा तल्लो जात र गरीब भनेर गाउँका ठूला भनाँदा र धनाढ्य कहलाउनेहरुले हेप्ने, छुवाछुतको भुमरीमा पिल्साएर गरीबलाई आफ्नो पैतालाको धुलो सरी मान्ने चलन अझै पनि बाँकी नै छ भनेर गीतमा छर्लङ्गै प्रस्तुत गरिएको छ । गरीब हुनुको पीडा एकातिर छँदै छ अर्कोतिर तल्लो जात भनेर ठुलाबडाले मात्र हैन गरीबका छोराछोरीलाई उनीहरुका छोराछोरीले पनि अत्याचार गर्ने परिपाटी रहेको दर्साइएको छ ।

गीति कथाको रुपमा प्रस्तुत गरिएको यो गीतलाई सानो पर्दाको ‘छोटो चलचित्र’ भन्दा पनि फरक नपर्ने र ग्रामीण समाजको यथार्थ घटनालाई काल्पनिक रुपमा जस्ताको तस्तै उतारेको कलाकार तथा गीतकार प्रकाश सापकोटाले बताए । समाजको यथार्थ घटनालाई जस्ताको तस्तै उतारिएको र गीतले मागेका सबै कुराहरु प्रस्तुत गरिएकोले गीतलाई दर्शकले रुचाउने कुरा गीतका निर्देशक देवेन्द्र पाण्डेले बताए । गीत सफल बनोस हाम्रो पनि शुभकामना ।

 

हेर्नुहोस सो गीतको भिडियो सहित