३ दाजुभाईकी एक्ली बहिनी, १० वर्षसम्म यस्तो पिडा, सुनिताको जन्मघर पुग्दा बैनीलाई डाक्टरले कुट्नुको रहस्य खोले दाईले

सुनिता यादवका दाई मोहन यादवले आफ्नी बिहिनीको ज्यान दाईजो प्रथाका कारण गएको बताएका छन् । सुनिताले विगत १० वर्ष देखि पिडा भोग्दै आएको र अहिले निर्घात कुटपिटबाट उनको ज्यान गएको बताएका छन् ।

श्रीमानको कुटाइबाट शरीरभरि र टाउकोमा समेत चोटपटक लागेकी यादवलाई सुरूमा नारायणी उपक्षेत्रीय अस्पताल हुँदै वीरगन्ज हेल्थ केयरमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि चैत १२ गते शिक्षण अस्पताल ल्याइएको थियो। यादवलाई डाक्टर सोमबार ल्याएको हो। यादवलाई चैत ६ गते श्रीमानले कुटपिट गरेका थिए।

कुटपिट गर्ने डाक्टर सचितानन्द यादवलाई गत शुक्रबार पर्सा प्रहरीले पक्राउ गरिसकेको छ। यादव गण्डकी उपक्षेत्रीय अस्पतालका मधुमेह तथा थाइराइड रोग विशेषज्ञ हुन्। निर्घात पिटिएकी अनितालाई आइसियुमा राखी उपचार थालिएको थियो। अनिता सचितानन्दकी जेठी श्रीमती हुन्।

हेर्नुहोस सुनिताको जन्मघरमा पुगेर हामीले सुनिताका दाई संग गरिएको यो कुराकानी