पुरीएको २ घण्टा पछि जिउँदै निस्कीए बालक, नेपाली भाषा नै आउँदैन, बाबुआमा कस्तो छन् पत्तो छैन (स्थलगत)

जागिर अन्सारी उमेरले १२ बर्ष भए । बारा जिल्ला फेता गाउँपालिका पुरन्हीया गाउँमा बस्ने उनी गत आईतबार गएको बिनासकारी हावाहुरीबाट बल्ला तल्ल ज्यान जोगाए । उनको घरमा पाँच परिवार थियो । रातको समय भएकाले सबै जना घरमै थियो तर एक्कासी ठूलो हावाहुरी चल्यो र उनको घर भक्यिो । हावा चर्को आएको र घरको इट्टा खसेको सम्म उनलाई याद छ त्यसपछि उनी अस्पतालको बेडमा पुगेको थाहा पाए । स्थानीयका अनुसार उनी करिब २ घण्टा पुरीएका रहेछन् । २ घण्टाको लामो प्रयासपछि उनलाई उद्दार गरे अस्पताल लगीयो र अस्पतालमा उनको होस् आयो । घरका अरु बाँकी ४ जना परिवार पनि अस्पतालमा रहेको र कस्तो अवस्थामा रहेको भन्नेबारे थाहा नभएको बताए ।