बिचरा ! छोरा–छोरी बचाउन खोज्दा आमा बाबु नै सकिए, तीन मिनेटमै उजाड भयो बस्ती (स्थलगत रिपोर्ट)

बिनासकारी हावाहुरीका कारण २८ जनाको ज्यान गयो । बिशेषत प्रदेश नं २ को बारा र पर्सा जिल्ला बढी मात्रामा प्रभावित बन्यो । बाराको पुर्हनिया गाउँमा मात्र ८ जनाले ज्यान गुमाएका छन् भने करिब २०० भन्दा बढी घाईते भएका छन् । उक्त गाउँ नजिकै रहेको इट्टा भट्टीमा एकै ठाउँमा पाँच जनाले ज्यान गुमाएका थिए । सायौंका संख्यामा घाईतेहरु बिभिन्न अस्पतालमा रहेका छन् । घाईतेहरुको निशुल्क उपचार प्रदेश सरकारले गर्ने व्यवस्था गरेको छ । घाईतेहरु मध्ये अधिकांश घर भत्केर घाईते भएका छन् । सुरुमा हल्का हावा आयो, पछि असिना पर्यो र चारैतिरको हावा एकै ठाउँमा जम्मा भएर भूमरी बन्यो अनि सबै भत्काउँदै लग्यो, घाईतेहरुले अस्पतालबाट यसो भन्दै थिए ।