मासिक ६० हजारसम्म आम्दानी: युरोप त्यागेर नेपालमै चटपटे बेच्दै भाइरल चटपटवाली (भिडियोसहित)

बिजुली बजार स्थित सडक छेउमा बिगत ८ महिनादेखि २३ बर्षिय रेणु सुबेदीले चटपटे र पानी पुरी बेच्दै आएकी छिन। रामेछापका उनि हाल थापा गाउमा बस्छिन। नेपालमा बेरोजगारको समस्या विद्यमान नै छ। नेपालमा एक परिवारका एक न एक सदस्य विदेश नगएको भेटाउन सकिदैन। त्यस्तै उनलाई पनि विदेश जाने रहर नजागेको भने होइन। ११ कक्षासम्म पढेकी उनि युरोप जाने सोचले पासपोर्ट पनि बनाएका थिए।

अरुको पसलहरुमा काम गर्दा मालिकको मन बुझाउन नसकेर थाकेका उनि विदेश जान खोज्दा आमाले यस ब्यबसाय गर्न सल्लाह दिएका थिए। उनले विदेश के धाउनु भन्दै २५ हजारको लगानीमा चटपटे, पानीपुरी ब्यबसाय सुरु गरेका थिए।

सुरुको दिनमै ६ हजारको व्यापार गर्न सफल भएपछि उनले लाज नमानी यस ब्यबसायलाई निरन्तरता दिएकी हुन्। उनी कहाँ पहिलो पटक आउने ग्राहकहरु पछि फेरी उनलाई नै खोज्दै आउने गर्छन। अहिले उनले मासिक ५० देखि ६० हजारसम्म आम्दानी गर्दै आएकी छिन। ३०, ४० हजारको लागि विदेश धाउनु भन्दा थोरै लगानीमा नेपालमै दुख गरेमा जिविकोपार्जन गर्न सकिने सुबेदी बताउछिन।

हेर्नुहोस भिडियो