हाम्रो सुर सरगम सांगीतिक कार्यक्रम २०७५ को सम्पुर्ण तयारी पुरा

रोशन पोखरेल , धरान ।
हाम्रो सुर सरगम समुहको आयोजनामा चैत्र २३ गते धरानको सभागृहमा बृहत सुर सरगम सांगितीक कार्यक्रम साथमा दोश्रो संस्करणको स्मुल आइडलको पुरस्कार वितरण समारोह हुने भएको आज धरानमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ ।

इन्टरनेटको माध्यमबाट गीत संगीतमा रुची भएका सष्ट्रा तथा सर्जकको मञ्च तयार गरी संगीतको विकाशका लागी योगदान दिइरहेको छ । हालै सम्पन्न दोश्रो संस्करणको विजेता दार्जि्लिङकी तार्मी लेप्चा, दोश्रो काठमाडौका विनोदराज तिवारी, तेश्रो सिक्कीमका सागर तामाङ र चौथो धरानका प्रेम लामा लाई सो कार्यक्रमका विचमा सम्मान गरिने कार्यक्रम रहेको समुहका बर्तमान अध्यक्ष चन्द्र सोताङ राईले जानकारी दिनुभयो ।

विजेताले एउटा गित रेर्कड गर्न पाउनेछ साथमा ट्रफि र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ । दोश्रोले इलेक्ट्रीक गिटार, तेश्रोले हारमनियम र चौथोले अकुस्टीक गिटार साथमा ट्रफि र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ । दोश्रो संस्करणको आइडलमा २ सय १६ जना कलाकारहरू सहभागी रहेको थियो । आइडलका निर्णायकमा वरिष्ठ संगितकार ओमप्रकाश राई, बिबि अनुरागी र कुशल थलङ रहेका थिए ।

यस वर्षको दोश्रो स्मुल आइडल सम्पन्न भइसकेको र त्यसको विजेतालाई पुरस्कार वितरण गर्न यस कार्यक्रमको आयोजना गरीएको हो । पुरस्कार वितरण संगै हाम्रो सुर सरगम समुहको औपचारीक जानकारी गर्न समेत यस कार्यक्रमको आयोजना गरीएको कार्यक्रमका संयोजक रमेश राईले बताए ।

कार्यक्रमको विशेष आर्कषणमा रुपमा वरिष्ठ संगितकार ओमप्रकाश राई, गायक कुशल थलङ, गायक महेन्द्र राई, गायिका दिपा तामाङ र हाँस्य कलाकार उमेश राई (फुलन्देको आमा) रहेका छन । साथमा स्थानिय कलाकार गायक भक्तिराज राई र गायिका सजना राईको समेत प्रस्तुति रहने कार्यक्रमका सह संयोजक कमान सिंग याम्फुले बताए । उनिहरूसंगै स्मुल आइडलका विजेताहरू र टप १० प्रतियोगीहरूको समेत प्रस्तुती रहेन याम्फुले बताए । समुहमा हाल २ सय ३५ जना कलाकारहरु आवद्ध छन ।