प्रेस विज्ञप्ति : पच्चीस आलेख : कृष्ण पहाडीको नयाँ पुस्तक

…किन यो समाजमा पटक–पटक राधाहरूको चीरहरण हुन्छ ? किन मीराहरू बलात्कृत हुन्छन् ? किन सीताहरूको अपहरण हुन्छ ? के यो समाज बौलाइसक्यो ? किन यो समाजमा ताराहरूको सतित्व हरण हुन्छ ? किन यो समाजमा सरस्वतीहरूलाई मानव मलमूत्र खुवाइन्छ ? किन यो समाजमा पार्वतीहरूलाई जिउँदै जलाइन्छ …… (पच्चीस आलेखबाट)।

मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीको २८ औँ कृति ‘पच्चीस आलेख’ प्रकाशित भएको छ । ८ जना सदस्यहरुको सहयोगमा मानव अधिकार तथा शान्ति समाजद्वारा प्रकाशित १३२ पृष्ठको ‘पच्चीस आलेख’मा २०७४÷७५ मा विभिन्न सञ्चारमाध्यममा प्रकाशित पहाडीका पच्चीस वटा विशेष आलेखहरु रहेका छन् । रु. ३०० मुल्य रहेको पुस्तक विक्रिबाट प्राप्त रकम शान्ति समाजको अभियान तथा कार्यक्रमहरुमा खर्च गरिनेछ ।

समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति २०७५ चैत १९