समाजसेवी तथा लेखक ज्वाला संग्रौलाको साथ बिप्लवलाई !

सरकारले प्रतिबन्ध लाएपछि विप्लब प्रति युवाहरुको देश भरी अझ धेरै आकर्षण बढेको देखा परेको छ। देशमा युद्द नचाहेको तर देशका भ्रष्ट लुटेराहरुलाई तह लाउन विप्लबको कदम ठिक भएको तर्क सामाजिक संजालमा खुलेर चर्चा हुने गरेको छ ।

चर्चित पत्रकार लिलाराज खतिवडाले ‘अब यो देशलाई विप्लब चाहिन्छ’ भन्ने अन्तरवार्ताले देशभर हलचल ल्यायो । उनको अन्तर्वार्ता समसामयिक बिषयमा निकै हटकेक बन्यो ।

यसैगरि जापानमा रहेकी लेखिका तथा समाज सेवी ज्वाला संग्रौलाले पनि विप्लबले सहि गरेको बताएकी छिन । उनका अनुसार हिजो राजाका बिरुद्द आजका सत्तासिन पार्टीहरु बिरुद्दमा थिए, तिनै पार्टीहरु राज्यको चांबी हातमा बोकेर मालिक भएपछी यिनै मालिकको बिरुद्द विप्लब भएको बताएकी छन् ।

देशका लुटेरा दलाल तानाशाहीको बिरुद्द विप्लब लागेको बताउदै संग्रौलाले भनेकी छन्, सारा देश र जनतालाई मुर्ख बनाएर राजनैतिक बजारका कॉर्पोरेट ब्राण्ड बनेका केपि र पिकेलाई काबुमा नल्याएसम्म देश उँभो लाग्दैन। कर्पोरेट बजारमा जसरी टल्कने ब्राण्डले ग्राहकलाई थाहै नपाई ठग्छ, त्यसरी नै ठगीरहेका छन् आज सत्ताको सिनो खाने ब्राण्डेड हनुमानहरुले..!’

देशमा भएका अपराधीहरुलाई तह लगाउन संग्रौलाले बिप्लवलाइ आग्रह समेत गरेकी छन् । राष्ट्रघातिलाई कुनै हालतमा नछोडन अनुरोध गर्दै सर्ब साघारण जनताको जिबनमा असर पुग्ने काम भने नगर्न आग्रह गरेकी छन् । देश लुट्नेहरुको टाउको मै कुकर बम पड्काए नि फरक पर्दैन भन्दै आफ्नो आफ्नो सामाजिक संजाल फेसबुकमा पोष्ट गरेकी छन् ।

उनको भनाइ जस्ताको त्यस्तै फेसबुकमा पोस्ट भएको छ:

हिजो केहि राजनैतिक हलीहरु श्री ५ को बिरुद्दमा थिए। आज तिनै हलीहरु राज्यको चाबी हातमा बोकेर मालिक भए, राणा भए, श्री १० भए। आज बिप्लब यिनै श्री १० को बिरुद्दमा छ, लुटेराको बिरुद्दमा , दलाल र फ़ासिस्ट तानाशाहि सत्ताको बिरुद्दमा छ। सारा देश र जनतालाई मुर्ख बनाएर राजनैतिक बजारका कॉर्पोरेट ब्राण्ड बनेका केपि र पिकेलाई काबुमा नल्याएसम्म देश उँभो लाग्दैन। कर्पोरेट बजारमा जसरी टल्कने ब्राण्डले ग्राहकलाई थाहै नपाई ठग्छ, त्यसरी नै ठगीरहेका छन् आज सत्ताको सिनो खाने ब्राण्डेड हनुमानहरुले..!

आज देशमा, समाजमा र संजालमा यस्तै अपराधी मानसिकताका टाउकेहरुको जन्म भएकोले माथिल्लो लेभलदेखि लिएर इन्टरनेटका फोहोरी किराहरुलाई पनि अब छानी छानी ठोक बिप्लव! राष्ट्रघातीलाई कुनै हालतमा पनि नछोड। तर साधारण जनताको जीबनमा असर पुग्ने काम चाहि नगर्नु , लुटेरा र राजद्रोही लेण्डुपे नेताको त टाउकोमै कुकर बम पड्काए नि फरक पर्दैन।

जापान देखी सामाजिक अभियानमा खटेर ज्वाला संग्रौलाले २० लाख भन्दा बढी रकम संकलन गरेको खुलासा गरि सके पछी उनको अहिले निकैनै लोकपिर्यता बढेको छ हेर्नुहोस भिडियो :