लोकप्रिय गायक बिष्णु खत्रीको धेरै पछि मौलिक गीत ‘डाँडा काँडाको’बजारमा (हेर्नुहोस)

काठमाडौं । लोकदोहोरी गायक विष्णु खत्रीले बजारमा नयाँ गीत ल्याएका छन् । जनवादी गायकका रुपमा परिचित खत्रीको नयाँ गीत ‘डाँडा काँडाको’ भने मायाप्रेमले ओतप्रोत छ । गीतमा खत्री आफैँले शब्द र संगीत दिएका छन् । उनको गीत हिजो शुक्रबार मात्रै सार्वजनिक भएको हो ।

नयाँ गीतमा उनले गाउँको बाटो डाँडा काँडाको बाटोले प्रेमिकालाई भेट्न जान पाएक नपरेकामा मन खिन्न बनाएका छन् । प्रेमिकाले भने मन भए बाटो टाढाको छैन भन्दै घुर्की लगाएकी छन् ।

प्रेमिकालाई गाउँमा लिन आउँदा पनि अरुले शंका गर्ने हुन् कि भनेर खत्रीको चिन्ता छ । तर, प्रेमिकाले आफूले सबै व्यवस्था मिलाउने भन्दै आवश्त पारेकी छिन् । उनले फेरि आधा बाटोसम्म बोलाएका छन् प्रेमिकालाई । आफू हुर्केको भूमि एक चोटी नघुमी नफर्किन उनलाई प्रेमिकाले आग्रह गरेकी छिन् । सुमधुर क्रियशनले बजारमा ल्याएको गीतमा चिनु घर्ती मगरले साथ दिएकी छिन् । तुलबीर थापा र साया भण्डारीको अभिनय छ ।