युटुब देखि टिक टक सम्म हिट कुलेन्द्र बिक र सरिता कार्कीको आवाजमा रहेको लाउँछ माया एकै दिनमा युटुब ट्रेनिङमा-भिडियो

दोहोरीले युटुबको ट्रेनिङमा आफ्नो छलाङ्ग मार्न थालेको छ।सोहि क्रममा चर्चित गायिका सरिता कार्की र कुलेन्द्र बिकले गाएको गीत पनि ट्रेनिङ न.१९ मा प्रबेस भएको छ।पछिल्लो समयमा निकै चर्चा कमाउन सफल तथा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनु भएकी गायिका सरिता कार्की यति बेला निकै राम्रो गीत ‘लाउँछ माया’ लिएर फेरी आउनु भएको छ । गायिका सरिता कार्की देश तथा विदेशमा हुने कार्यकर्ममा पनि निकै रुचाएको कलाकार हुनु हुन्छ ।

‘लालुमै’ जस्ता चर्चित गीत बजारमा ल्याएको शिव हमालकै शब्द र संगीतमा अर्को झट्का संगीतप्रेमीलाई लागेको छ ‘लाउँछ माया’ । लालुमैले ८ मिलियनको यात्रा पार गरिसकेको अवस्थामा नयाँ गीत ‘लाउँछ माया’ बजारमा आएपछि फेरी चर्चा सुरु भएको छ । कुलेन्द्र विश्वकर्मा र सरिता कार्कीको स्वरमा रहेको यस गीतको संगीत संयोजन भने आशिष अबिरलकै रहेको छ । पछिल्लो समय लोकदोहोरीलाई फरकपनमा प्रवेश गराउन सफल भएका छन् संगीत संयोजक आशिष अबिरल । उनको संगीत संयोजनको गीत सालको पात, लालुमै, जाम सुस्तै सुस्तै जस्तै ‘लाउँछ माया’ पनि सफल देखिएको छ ।

लाउँछ मायाको भिडियोमा महेन्द्र गौतम र सुरक्षा पन्तको अभिनय रहेको छ भने प्रकाश भट्टको निर्देशन रहेको छ । राजेश घिमिरेको छायाँकनमा विष्णु शर्माको सम्पादन रहेको भिडियोलाई साइभिजन प्रालिले पोष्ट प्रोडक्सनको काम गरेको छ भने गायिका सरिता कार्कीको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।