अमेरिकाका शर्णनार्थीहरु प्रचण्डको जुँगा देखेर डराएछन्

दिल निशानी मगर,

१४ चैत, काठमाडौं ।

अमेरिकाबाट विहीबार नेपाल फर्किएका प्रचण्डले विमानस्थलको भीआइपी कक्षमा पत्रकारहरुसँग भने, म बिरुद्द मेरिल्याण्डको एफबीआईमा उजुरी परेको खबरले नेपालमा ठूलै तरंग ल्यायो । जहाजमा हुँदा नै छोरी गंगा दाहालले यसबारे थाहा पाएकी रहिछन् । तर, उनले मलाई टेनसन हुन्छ भनेर जानकारी दिइनन्।”

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिका उडेलगत्तै उनीविरुद्ध मेरिल्याण्डको एफबीआईमा उजुरी परेको खबरले नेपालमा ठूलै तरंग ल्यएको थियो। नेकपा र त्यसमा पनि पूर्वमाओवादीका नेता कार्यकर्ताहरु सामाजिक सञ्जालमा उजरीकर्ता भनिएका तिलक श्रेष्ठविरुद्ध खनिएका थिए। लेखक तथा विश्लेषक दिल निशानी मगरले त श्रेष्ठको दिमागमा गोबर भएको बताएका थिए।

श्रीमती सीता दाहालको उपचारपछि स्वदेश फर्किएका प्रचण्डले अमेरिकामा रहेका केही नेपालीहरुको व्यवहारप्रति असन्तुष्टि पनि जनाएका छन्। उनले भने-लामो समयदेखि अमेरिकामा बस्ने ‘एकथरी नेपाली’ ले आफूलाई अमेरिकाकै रैथानेजस्तो ठान्ने गरेको बताउँदै प्रचण्डले भने, ‘मानौं, अमेरिकामा बसेका हुनाले उनीहरु नै सुपरपावर हुन् जस्तो गरेर यहाँबाट गएका नेपालीलाई हेप्ने गरेका रहेछन् ।’

प्रचण्डलाई दुर्लभ पाटेबाघ संग तुलना गरेर लेख नै लेखेका दिल निशानी मगर संग प्रचण्डको यस्तो धारणाबारे बुझ्न खेज्दा, अमेरिकाका भातमारा शर्णनार्थीहरु प्रचण्डको जुँगा देखेर डराएछन् भनेका छन्।