बिष्णु माझीको आवाजको दोहोरीमा ७ लाख लगानीमा सारिकाको यस्तो दमदार अभिनय!ट्रेलरनै चलचित्र भन्दा कम छैन (हेर्नुहोस)

कमल सरगम काठमाण्डौ।नेपाली लोक दोहोरीको इतिहासलाईनै चयालेन्स दिने नया सृजनाको जन्म भएको छ।बहुप्रतिक्षित गीत ‘बलिदान’को ट्रेलर सार्बजनिक भए संगै दोहोरीमा अर्को तहल्का मच्चिएको छ।लोकप्रिय गायिका बिष्णु माझी र गणेश अधिकारीको आवाज रहेको उक्त गीतले इतिहास रच्नेमा पक्का छन कलाकार टिम।

सारिका केसीको जिउँदो अभिनय रहेको भिडियोमा उस्तै दमदार अभिनय रहेको छ बिमल अधिकारीको पनि।बिमल र सारिकालाई थप मोडलको रुपमा साथ् दिएका छन ओबी रायमाझीले।गीतको ट्रेलर आउननै २ हप्ता कुर्न पर्यो दर्शकले कारण थियो गीतको सुटिङ्ग नै १ हप्ता भन्दा बढी लगाएर गरिएको थियो।गणेश अधिकारीको शब्द तथा संगीत रहेको गीतको भिडियो निर्देशन कपिल लामाले गरेका हुन्।

७ लाख लगानीमा निर्माण भएको उक्त गीतको भिडियोमा पहिलोपटक दोहोरीमै हेलिकप्टर प्रयोग गरिएको छ।भिडियो निर्माण टिम पनि निकै उत्साहित देखिन्छन।भिडियो सम्पदान सुजन साहीले गरेको हुन्।हेरौ ट्रेलर: