क्यारीकेचरबाट आफ्नो पहिचान बनाउदै हिडेका श्रीधर अधिकारीको ”ख्याल ख्यालमै पिरति” सार्बजनिक (भिडियो सहित)

स्कटनेपाल युके,
राशिका डिजिटलको प्रस्तुतिमा श्रिधर अधिकारी र धर्मराज खतिबाडको ख्याल ख्यालमै पिरति बजारमा आएको छ । माया पिरति आधारित गितमा माया लाउदिन भेटन धाउदिन भन्ने शब्द लाई प्रयोग गरिएको छ । स्याडगजा र धादिगको ठिटा ठिटि भेट भएर माया जालमा फसेको कुरा गितमा जोडिएको छ । जुन गितमा श्रिधर अधिकारी र चर्चित गायिका पुर्णकला बि सि को आबज रहेको छ । जस्मा लय . शब्द बिष्णु सिंजाली मगरको छ । जस्मा राजेश भंडारी, मेनुका थापा , बिक्रम राना र सुष्मिता को अभिनय रहेको छ ।

हेरौ ख्याल ख्यालमै पिरति भिडियो :

को हुन् त श्रिधर अधिकारी !
कलाकारीतामा क्यारीकेचरबाट आफ्नो पहिचान बनाउदै हिडेका श्रीधर अधिकारी हाल बुटवललाई केन्द्र विन्दु बनाई आफ्नो कलाकारीता प्रस्तुत गरेका छन्। आज भन्दा करीव २२ वर्ष पहिले स्याडग्जा जिल्लामा जन्मीएका श्रिधर अधिकारी विभिन्न स्वर निकाल्न सक्ने कलाकारितामा प्रबेश क्षेत्रमा यिनिलाई स्वरको जादु भएका ब्याक्तिको पात्रका रुपमा लिन सकिन्छ । केहि बर्ष यता कलाकारिता क्षेत्रमा लागेका अधिकारीले नेपालका चर्चित ४० जना भन्दा बढि व्यक्तिहरुको हुबहू स्वर निकाल्ने गर्दछन । त्यो मध्ये नेपालका चर्चित राजनितिक कर्मि, नेता, लोक तथा आधुनिक गायक र हास्यकलाकार पर्दछन ।