पुर्वलडाकु राई भन्छन ‘देशमा परिवर्तन ल्याउछु भन्ने नेताहरु अहिले सरकारमा पुगेपछि आफ्नै स्वार्थ पुरा गर्न कुर्सिका लागि लडिरहेका छन्’ (भिडियोसहित)

लेखक, कलाकार र खेलाडी रक्षा कुमार राई अहिले भारतको १ लाख ८० हजार किमि ‘द लंगेस्ट जोर्नी’को रेकर्ड तोड्ने तयारीमा छन्। केहि समयअघि उनले पानी पनि नखाई २७ सय किलोमिटरको स्कुटी यात्रा गरेर गिनिज बुकमा नाम लेखाउन सहभागी जनाई सकेका छन्।
राइ जनयुद्धका पुर्वलडाकु पनि हुन्। सन् २०५९ मा बन्दुक चलाउने रहरका कारण १३ बर्षको हुँदा जनयुद्धमा आबद्ध भएका थिए। जनयुद्धकै क्रममा भोजपुरको घोडेटारमा गोलि लागेर बेहोस भएका उनलाई मर्यो भनेर सहयात्रीहरुले पुर्न लागेको दिन उनि अहिले पनि बिर्सन्न सकेका छैनन्।

राइ भन्छन ‘नेपालको १० बर्षे क्रान्तिमा जो योद्धा थिए। अहिले प्रशासनमा पुगेपछि नेताहरुले गद्दार गरेको छ। बेरोजगारी युवालाई रोजगार दिन्छु भनेर युद्ध गरेका हामी कोहि विदेशमा छन्, कोहि झुपडीमा छन् त् कोहि अझै अस्पतालमा छटपटीरहेको छ। तर नेताहरु भने पंजेरो चढेर हिडीरहेका छन्। १० बर्षे युद्ध गरेर देशमा परिवर्तन ल्याउछु भन्ने नेताहरु अहिले सरकारमा पुगेपछि आफ्नै स्वार्थ पुरा गर्न कुर्सिका लागि लडिरहेका छन्। ‘

बाँकि हेर्नुहोस भिडियो