हेरौ हेरौ लाग्ने २ जोडी युवतीको रमाईलो नृत्य, भिडियो सहित

बहुमुखि क्याम्पस तम्घास गुल्मीमा विदाइ कार्यक्रम सम्पन्न भएको छ । विविएस् र विएड तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीले चौथो वर्षमा अध्ययनरत विद्यार्थीलाइ विदाइ गरेका हुन् । विद्यार्थीले रेसुङ्गा क्याम्पसको इतिहाँसमै पहिलो पटका विदाइ कार्यक्रम आयोजना गरिएको बताइएको छ । विएड तेस्रो वर्षमा अध्ययनरत छात्र हुमाकान्त पोख्रलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्याम्पस सञ्चालन समितिका अध्यक्ष शालिकराम पन्थिको प्रमुख आतिथ्यता रहको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि पन्थिले अब केहि दिनमै रेसुङ्गा क्याम्पस किउयुए सर्टिफाइड क्याम्पस बन्ने बताउनु भएको छ ।
विद्यार्थी र क्याम्पस विच आत्मियता कायम राख्न , सृजनशिल ,तथा नेतृत्व बिकासका लागि यस्तो कार्यक्रम अत्यन्तै महत्वपुर्ण रहेको क्याम्पसका स्ववियु सभापति श्रीराम महतले बताउनु भयो । त्यस्तै क्याम्पस तथा विद्यार्थीको हकहितका लागि स्ववियु सधै लागिपर्ने उहाँको भनाइ छ । कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष माधव ज्ञवालि र क्याम्पस प्रमुख हरि खत्रिको विशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै स्ववियु सचिव नविन पन्थी ,सञ्चालक समितिका कोषाध्यक्ष ,सदस्य ,क्याम्पसका उपप्राध्यापक ,स्ववियु पदाधिकारि,पत्रकार लगाएको आतिथ्यता रहेको थियो । कार्यक्रममा स्नातक तेस्रो वर्षका तर्फबाट निर्मला बस्नेत,तथा चौथो वर्षका विद्यार्थीको प्रतिनिधित्व गर्दै इश्वर पोख्रेल र सृजना बस्नेतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको विचबिचमा विद्यार्थीहरुले गजल ,गित तथा नृत्य प्रस्तुत गरेका थिए । विएड् तेस्रो बर्षकि छात्रा पुजा भुषालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन विएड् तेस्रो वर्षकि छात्रा लक्ष्मी अर्याल र कमल कुवरले गर्नुभएको थियो ।