यदि बिश्वकर्माले एउटा परियारलाई जातिय छुवाछूत र बिभेद गर्यो भने बिश्वकर्मालाइ पनि छुवाछूत कसुर सजाय ऎन अनुसार मुद्दा हाली लडछु अनि परियारले मिझारलाइ विभेद गर्यो भने परियार विरुद्ध म आवाज उठाउछु !

चर्चित संचारकर्मी महिला अधिकारकर्मी सरु सुनार धेरै जसो दलित समुदायमा देखा परेको पछिल्लो समयमा महिला र बालबालिका माथी हुने बलात्कार बिषय बस्तु हरुको कडा आवाजमा आफ्नो फेस बुक मार्फत आवाज उठाउदै आएकी छन।

फेसबुकमा उनले लेखेको स्टाटस जस्ताको तस्तै

यदि बिश्वकर्माले एउटा परियारलाई जातिय छुवाछूत र बिभेद गर्यो भने बिश्वकर्मालाइ पनि छुवाछूत कसुर सजाय ऎन अनुसार मुद्दा हाली लडछु अनि परियारले मिझारलाइ विभेद गर्यो भने परियार विरुद्ध म आवाज उठाउछु ।

कृपया यस्ता घटना छन् भने मलाई सम्पर्क गराइदिनु होला ।
जातीय छुवाछूत र बिभेदको समस्या दलितको गैरदलितसित मात्र होईन दलित – दलित बिचको बिकराल अझै डरलाग्दो समस्या छ ।

सबै गैरदलितहरुले जातीय विभेद सिङ्गो दलित समुदायलाई गरेको होइन केही सिमित ब्यक्तिले हो त्यसैले गैरदलित समुदाय हाम्रो दुश्मन होईन धेरै राम्रो बिचार र सहयोग, साथ पनि दिएका छन् उनिहरुको साथ र बिचारलाइ उच्च मूल्याकंन गर्दै उनिहरुलाइ साथ लिएर अगाडि बढनु अहिलेको आबस्यकता र अपरिहार्यता हो ।
तर बिडम्बना सिङ्गो दलित आन्दोलन , दलित आन्दोलनको राजा सम्झनेहरु , दलित समुदायबाट नै समानुपातिक र कोटाबाट अलि माथि पुग्नेहरु सांसद र नेता बन्नेहरु र बनेकाहरुले भने दलित समुदायका समस्या मुद्दा र पीडितको पक्षमा साथ र न्यायको लागि पहल जति गर्नु पर्ने हो त्यो नगरेकै हो ।
मैले अहिलेसम्म अनबरत रूपमा जातीय छुवाछूत र अन्यायको लागि लडदा सिङ्गो दलित आन्दोलन र जुन दलितहरुले साथ दिनु पर्ने हो त्यो साथ पाउनै सकिन यो तितो यथार्थ हो।

बरु बिदेशमा बस्ने मेरा श्रमिक दाजुभाइ र नेपालमा पीडित र अन्याय भोगेका दलित समुदायको साथ र हौसला रह्यो तर जुन हिसाबले जातीय मुद्दा सिङ्गो समुदाय अनि रास्ट्रको मुद्दा बन्ने हो र साथ पाउनु पर्ने हो पाउन सकिन ।
त्यसैले मेरो भोगाइ र बुझाइ जातीय मुद्दामा दलितहरु कै साथ र सहयोग भएन त्यसैले भनिरहेकी छु अबको दलित आन्दोलनको कार्यदिशा फरक तरिकाबाट अगाडि बढाउनु पर्छ ।
धन्यवाद !
( सरु सुनार )जातीय विभेद विरुद्ध , अन्यायको विरुद्ध अनबरत रूपमा आवज उठाउने म एउटा नारी