पोखरमा फेरी अर्को घटना : सुनियोजित रुपमा सहकारी लुटियो, कर्मचारीले लुटेको आरोप (भिडियो)

जिल्ला प्रशासन कार्यलय कास्कीमा केही भिड देखा पर्छ । युवा देखी बृद्ध उमेर समूहका महिला पुरुषको भेलामा आजाव सुनिन थाल्छ, चोर पावरफूल भयो, कसैले केही गर्न सकेन ।
भेला हुनेहरु तत्कालीन पुरुन्चौर गाविसका मानिसहरु थिए । सयौंका संख्यामा रहेका उनीहरुको उद्देश्य चोर समात्नु थियोे । २०६९ साल बैशाख २६ गते राती पूरुन्चौरको जनसेवा बचत तथा ऋण सहकारी संस्था लुटियो तर चोर पत्ता लागेन । कर्मचारीकै मिलेमतोमा चोरीएको र प्रशासनले चोर पत्ता लगाउन कर्मचारीमाथी अनुसन्धान नगरेको स्थानीयहरुको आरोप थियो । उनीहरु भन्दै थिए–‘चोर पावरफूल भएकाले त्यो बेला समातिएन, ६ बर्ष पछि फेरी चोरलाई संरक्षण नगर्न प्रशासन कार्यालय आएका हौं’ ।
घटनाको प्रकृती हेर्दा चोरले कुनै पनि सामान फोरेको छैन, उसले सिधै लकरको चाबि खोलेर ६ लाख १९ हजार ४ सय ५० रुपैया चोरको छ । यसले के पृष्टि गर्छ भने चोर कर्मचारी वा व्यवस्थापन भित्रकै हो, उनीहरु भन्दै थिए । थप यो भिडियोबाट हेर्नुहोस्