५ बर्षभित्र करोडपती बने यी युवा ‘बट्टाई’ को मासु र अण्डा बेचेरै (भिडियो सहित)

काठमाण्डौँको बसुन्धरा चोकबाट करिब ६ सय मिटर भित्र रहेको धापासी हाईटमा बट्टाई फार्म छ। जुन कृष्णमान श्रेष्ठले खोलेका हुन्। उनले ३० हजार लगानीमा खोलेका थिए, त्यो सानो लगानीले चमत्कार गरेको छ ।कृष्णमानकोमा हामी पिएनपी टिम पुग्दा बट्टाई चिरबिर र कुखुरा बासिरहेको अवाज आइरहेको थियो । कृष्णमान् र उनकी श्रीमती कल्पना गिरी (श्रेष्ठ) बट्टाईलाई चारोपानी दिइरहेका थिए । व्यावसायिक रुपमा बट्टाई पाल्छु भनेर कल्पना पनि गरेका थिएनन् कृष्णमान दम्पत्तिले ।
‘बट्टाई’ हेर्दा कुुखुराको साना चल्ला जस्तै हुन्छ । बट्टाईलाई ‘बेटेरा’ पनि भनिन्छ । ‘बटेर’ पनि भनिन्छ । ‘जापानिज क्वाईल’ पनि भनिन्छ । कुखुराको जस्तै बट्टाईको पनि मासु र अण्डा बिक्री हुन्छ । सामान्यतया बट्टाई तीन रङगका हुन्छन् । कालो, रातो र सेतो । कृष्णमानले बट्टाईका साथ साथै टर्की, लुइचे, लौकाट, पोलिस, कोचिङ्ग, ब्याण्डम र लोकल कुखरा पाल्दै आइरहेका छन्।

सानै देखि पशुपन्छीमा शोख भएका कारण उनले बिगत ५ बर्ष देखि यसै ब्यबसायमा लागि परेका छन्। उनले कुनै तालिम लिएका भने होइनन। अरुले नै पालेको हेरेर उनले यो व्यवसाय सुरु गरेका हुन्। उनले पहिला ३० हजारबाट यो ब्यबसाय सुरु गरेका हुन्।

कृष्णमानले अहिले साथीहरुसंग मिलेर एउटा कम्पनि पनि खोलेका छन्। उनि एक्लैको १० लाख जतिको लगानी रहेको छ। भने मासिक रुपमा उनले एक्लैले ३० देखि ५० हजारसम्म आम्दानी रहेको छ । उनले साथीहरुसंग मिलेर १ करोडको लगानीमा यो ब्यबसाय संचालन गर्दै आएको छ। अहिले उनलाई बाजार ब्यबस्थापन गर्न सजिलो भएको छ। अहिले बट्टाई चराको बिषयमा सबैलाई जानकारी छ। फाइदाबारे सबैलाई जानकारी दिनु पर्दैन। साथै यस्तो चरालाई विश्वमै बर्डफ्लु लागेको रेकर्ड छैन। बट्टाईको मासु निर्धक्कपुर्वक खान सक्नुहुन्छ। पहिले कृष्णमान प्लम्बिङ्ग काम गर्थे। यस ब्यबसायमा सुरु गरेदेखि नाम, दाम दुवै कमाउन सफल भएको उनि बताउछन्।

बट्टाईको अन्डा र मासु खानु बच्चाको लागि एकदम फाइदाजनक छ। यसले बच्चाहरुको उचाई बढाउछ, स्मरण शक्ति बढाउछ, रोगसंग लड्ने क्षमता बढाउछ, हड्डी बलियो बनाउनुका साथै रुघाखोकीबाट बचाउछ। निमोनिया, दम, बाथ रोग, प्रेसर, सुगर, जोर्नी दुख्ने रोगिले मासु र अण्डा खान सकिन्छ । साथै सुत्केरी महिलाले खान पनि सकिन्छ। पेट भर्ने गरि खानु हुदैन नत्र ज्यानमा गर्मि बढाउछ। पहिलो पटक बच्चालाई खुवाउन चाहनुहुन्छ भने दिन बिराएर २ ओटा खुवाउनु राम्रो हुन्छ। युवा र बृद्धबृद्धाहरुले भने दिनमा ४ ओटा सम्म खान सकिन्छ। जाडोयाम र गर्मियाम दुवै बेला खान सकिन्छ। औषधिको रुपमा खानु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ ।

हेर्नुहोस भिडियो