अमेरिका बाट ‘प्रचण्ड’ स्वदेश फिर्ता, अमेरिका उनले कुन कुन समुदाय संग भेटे र कस्तो संदेश लिएर स्वदेश फर्के (तस्बिरहरु सहित)

दाहालले नेपाली समुदाय संग सल्लाह र सुझाव लिए र महत्वपूर्ण कुरा सुनाए

विजय थापा,

सत्तारुढ दल नेकपाका अध्यक्ष तथा पूर्व प्रधान मन्त्रि पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाको करिव १० दिने भ्रमण पछि सपरिवार नेपाल फर्केका छन् । उनि आफ्नी पत्नी सीता दाहालको उपचारका लागि अमेरिका मार्च १८ का दिन आई पुगेका थिए भने मार्च २६ मंगलबारका दिन नेपाल उडेका छन् ।

उनि पत्नी सीता दाहाल ,छोरी गंगा दाहाल ,ज्वाई जीवन आचार्य सहित न्युयोर्क स्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय बिमानस्थल द्वारा मातृभूमि फर्केका छन् ।

नितान्त निजि भ्रमण तथा उपचारका लागि आएका प्रचण्ड पत्नी सीता दाहाललाई उपचार बाहेक केही राज्यहरुमा पुग्नु बाहेक नेपाली समुदाय संग भेट गर्न अन्य राज्यमा पुग्न सकेनन । तथापी अमूल्य समयको भरपुर उपयोग भने गर्न भ्याएका छन् । अमेरिकामा खुट्टा टेके पछि उनलाई भ्याई नभ्याई भयो । उनलाई अमेरिकामा रहेका बुद्धिजीवी वर्ग ,उधमी ,व्यवसायी ,विभिन्न पेशामा उच्च पदमा पुगेका नेपाली ,सामाजिक अभियन्ता ,अमेरिकामा रहेका गैर आवासीय नेपालीहरु ,संचारकर्मीहरु तथा अन्य समुदाय सदस्यहरुले समय मिलाएर भेट्ने मौका पाएका थिए । र उनलाई भेट्ने घुईचो रहेको थियो ।

अमेरिका आउन साथ नेपालीले अमेरिकन सरकारलाई उजुरी गरेर सामाजिक संजाल मार्फत उनलाई विवादको भूमरीमा मुछियो । पूर्व प्रधान मन्त्रि तथा सत्तारुढ दल नेकपाका अध्यक्षको हैसियतले नेपाली समुदाय संग भेटघाट र अन्तरक्रिया कार्यक्रम गर्ने समय मिलाए । उनले समय भ्याए सम्म सबैलाई भेट्ने मौका दिएका छन् भने अमेरिकाका विभिन्न राज्यबाट भेटघाट गर्न डिसी समेत आएका थिए ।

अमेरिका आए पछि को को संग भेटघाट गरे ?

यस पटक निजि भ्रमण रहेकोले को को संग भेटघाट गरिदै छ भन्ने जानकारी दिइएन । तथापी सामाजिक संजाल मार्फत अमेरिका आए पछि प्रचण्डले नेपालका लागि पूर्व अमेरिकन राजदुत स्कट डेलेसी ,अमेरिकी विदेश मन्त्रालय कि दक्षिण तथा मध्य एसिया मामला हेर्ने कार्यबाहक सचिव एलिस वेल्च,मेरिल्याण्ड राज्यका ईतिहास रच्ने पहिलो नेपाली बिधान सभा सदस्य एचबि ह्यारी भण्डारी संग पनि भेट गरेका छन् । यसै गरि प्रचण्डलाई भेट्न क्यालिफोर्नियाका अवैतनिक महा बाणिज्य दुत ऋषि ढकाल पनि आएका थिए भने मेरिल्याण्ड र पेनसेल्भेनियाका लागि अवैतनिक महा बाणिज्य दुत प्रेम राजा महत द्वारा संचालित नेपाल हाउसको अबलोकन प्रचण्डले गरेका थिए ।

सीता दाहालको उपचारमा के के भयो ?

प्रारम्भिक चरणमा बिश्व कै उत्कृष्ट अन्तरराष्ट्रिय अस्पताल जोन हप्किन्समा परीक्षण गरिएको छ । अस्पताल नै भर्ना हुनु पर्ने अवस्था भने आएन । उपचार कै क्रममा अमेरिकाको अलाबामाको बर्मिंगगममा गई उपचार र परामर्श लिनु परेको राजदुत कार्कीले उक्त अन्तरक्रिया कार्यक्रम अगाडी जानकारी दिएका थिए । सीता दाहालले चिकित्सकको परामर्श अनुसार निर्दिष्ट गरिएको ओखति (प्रेसक्राइव ) सेवन गर्नु पर्ने भएको छ ।

मार्च २४ का दिन प्रचण्डले नेपाली समुदाय संग के के भने ?

वाशिंगटन डिसी स्थित राजदुत निवासमा नेपाली समुदाय संग गरिएको अन्तरकृया निकै महत्वपूर्ण रहन पुग्यो । राजदुत डा अर्जुन कुमार कार्कीले व्यस्त समयलाई व्यवस्थापन गर्दै डिसी क्षेत्रमा रहेका गैर आवासीय नेपाली संग गरिएको अन्तर क्रिया कार्यक्रममा पूर्व प्रधान मन्त्रि दाहालले उपस्थित भएका सबैको कुरा गम्भीरता पूर्वक सुने ।

पूर्व प्रधान मन्त्रि दाहालले नेपाली समुदायसंग भेट्ने चाहना रहेता पनि उपचारको निम्ति निजि भ्रमणमा रहेको बताउदै केही अमेरिकी कुटनैतिक तथा नेपाली समुदाय संग भेटघाट गर्ने ईच्छा अनुसार भेटघाट हुदा खुशी लागेको बताए ।

कार्यक्रममा ५० बर्ष अगाडी अमेरिका आउनु भएका डा बिष्णु पौडेल,व्यवसायी राजेन्द्र श्रेष्ठ, प्रा डा गोपी उप्रेती ,अर्थविद तथा समाजसेवी प्रेम संग्रौला, सान कि अध्यक्ष मन्जु कार्की संग्रौला , एएनएन कि अध्यक्ष प्रभा भट्टराई देउजा, ईन्जाका अध्यक्ष गुणराज लुईटेल तथा उपाध्यक्ष सुनिल दाहाल , प्रवासी नेपाली मन्च अमेरिकाका सभापति प्रभु थापा , आइडिआईका संस्थापक सुमन तिम्सिना तथा परशु नेपाल,एनईसीसीका अध्यक्ष खिलेन्द्र न्यौपाने ,एएनएका अध्यक्ष मेदनी अधिकारी ,सगुनका कविन्द्र सिटौला लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

उनले मन्तब्य राख्ने क्रममा बुद्ध र अशोकाको चर्चा गर्दै हामी शान्ति चाहन्छौ । तर यहाँ पनि शान्ति नचाहने जस्तो पनि देखियो भन्ने कुराको चर्चा गरे ।

तर यहाँ पनि शान्ति नचाहने जस्तो पनि देखियो भन्ने कुराको कुराको चर्चा गरे ।

उनले अगाडी भने भने शान्ति प्रक्रिया र सेना समायोजन जस्तो कार्यले निकै ठूलो महत्व राख्दछ ,यस्तो प्रक्रियाबाट आएको नेपालले जति पाउनु पर्ने त्यो अनुसारले नेपालको नाम बिश्वमा व्यापक हुन् नसकेको बताए ।

हामीले हासिल गरेको शान्ति र यसलाई खलबलाउने खोज्ने शक्तिहरु बीच सिमांकन हुन जरुरी छ प्रचण्डले भने । र ,शान्ति नरुचाउने र परिवर्तन नचाहनेहरु र विकास र सम्वृद्धि नचाहनेहरु नेपालमा को हुन् त् ? नेपालीहरु बुद्धिमा ,ज्ञान ,क्षमतामा पछि भै रहुन र अगाडी कहिले नआउन भन्ने लाई चिन्नू पर्ने र त्यसलाई भण्डाफोर गर्नु पर्यो बताए ।

नेपालीहरु बुद्धिमा ,ज्ञान ,क्षमतामा पछि भै रहुन र अगाडी कहिले नआउन भन्ने लाई चिन्नू पर्ने र त्यसलाई भण्डाफोर गर्नु पर्यो बताए । प्रगतिको पक्षलाई पक्षपोषण गर्नु पर्ने कुरालाई जोड दिए ।

उनले यस्मा यहाँहरुले कुनै न कुनै हिसावले सहयोग गर्न सक्नु हुन्छ भन्ने लागेको बताए । उनले धेरै मुल्य चुकाएर देशमा राजनैतिक स्थिरताको बाताबरण बन्दै गएको बताए ।

यसो हेर्दा दुई बामपन्थीहरु मिलेर बाम शक्तिहरु आए र एक थरीलाई पुरानै कम्युनिस्ट ( बामपन्थी ) हो कि जस्तो लागेको पनि छ । उनले अगाडी भने प्रथम बिश्व युद्ध र दोश्रो बिश्व युद्धको बीचमा बनेको क्लासिक (प्राचिन)कम्युनिस्टहरु प्रति आफूलाई प्रजातान्त्रिक ठान्ने पश्चिमका मानिसहरुका धारणा एक प्रकारको बनेको बताए ।

उनीहरुले कम्युनिस्ट प्रति एक प्रकारको प्रतिबिम्ब बनाएका छन् । बामपन्थीहरु हिंसाबादी ,अधिनायकवादी ,तानाशाही हुन् र उनीहरु विकास बिरोधि हुन् भनि यस्तो प्रकारको अवधारणा मानिसहरुको मष्तिस्कमा हाली दिएका छन् उनले भने । जसको कारण बामपन्थी भन्ने बित्तिकै यस्तो प्रकारका उनीहरुमा चित्र आउने बताए । हामी त्यो प्रतिबिम्ब भत्काउन चाहन्छौ ।

हामी त्यो प्रतिबिम्ब भत्काउन चाहन्छौ ।

शान्तिपूर्ण तथा प्रजातान्त्रिक ढंगमा हामी संक्रमणमा हामी अरु भन्दा राम्रो गर्न सक्ने बताए ।

उनले अगाडी भने हामी २० औ शताब्दीका कुरा २१ औ शताब्दीमा ल्याउन चाहदैनौ भन्दै हामी शान्तिपूर्वक प्रजातान्त्रिक तरिकाबाट सामाजिक न्याय ल्याउन सक्छौ । समानतालाई स्थापना गर्न सक्छौ र विकास र सम्वृद्धिलाई अरु भन्दा हामी राम्रो गर्न सक्छौ भन्ने कुरामा जोड दिए ।

उनले दुई वटा ठुला कम्युनिस्ट दलमा एकता गर्यौ । आफूले यो एकतामा आफूले पहल गरेको बताउदै सदैव ९ महिनामा सरकार फेरिने कुरा मात्र हुने भयो र भ्रष्टचार नियन्त्रणको कुरा मात्र हुने भयो । सुशासनको कुरा मात्र हुने भयो त्यसको लागि आधारभूत कुरा भनेको स्थिरता चाहियो भने ।

उनले अगाडी भने स्थिरताको लागि आफू कांग्रेससंग एकता गर्न नचाहेको बताए । दार्शनिक रुपले त्यो सम्भव थिएन ।

उनले अगाडी भने स्थिरताको लागि आफू कांग्रेससंग एकता गर्न नचाहेको बताए । दार्शनिक रुपले त्यो सम्भव थिएन ।

उनले उक्त समयमा पूर्व प्रधान मन्त्रि शेरबहादुर देउवालाई छुटेर गएका संग एकता गर्न सुझाव दिएको बताउदै सैद्धान्तिक तथा दार्शनिक रुपमा कांग्रेस संग त्यो सम्भव नभएको स्पष्ट पारेको बताए ।

आफूले शेर बहादुर देउवालाई कांग्रेस पनि बलियो हेर्न चाहेको र कम्युनिस्ट पार्टी ( बामपन्थी दल )ले गल्ति गर्यो भने त्यसलाई खबरदारी गर्ने र त्यो भन्दा राम्रो गर्ने प्रतिपक्षको रुपमा आउनु भनि प्रसंग जोडे । उनले हामीले एकता किन गरेका हौ भन्दै देशमा स्थिरता ,विकास र सम्वृद्धि र समाजबादको कुरा मात्र गर्ने केहि नहुने भन्दै एकता गरेको बताए ।

उनले २००७ देखि २०१७ साल सम्म कुनै सरकार ५ बर्ष टिकेन । ३० बर्षे पंचायतकालमा पनि त्यस्तै रह्यो । पंचायत गयो र बहुदल आएता पनि कुनै पनि ५ बर्ष नटिकेको उल्लेख गरे । उनले हामी शान्ति सम्झौता भएर संबिधान सभाको चुनाव भएर संविधानको घोषणा भएर पनि बर्षे पिच्छै सरकार फेरिएको फ़ेरिएकै रह्यो । जति सुकै राम्रो र मिठो कुरा गरे पनि सत्ताको लडाई बढो डरलाग्दो हुने र कुर्सिको लागि मानिस ठाउँ पाए सम्म मानिस मरिहत्ते हाल्ने बताए ।

९ महिना सम्म सरकार बन्ने लिखित रुपमा गर्ने र आफूलाई बचाउने मात्र खेल भयो । यो स्थितिको अन्त्य गर्न यसलाई सम्मान गर्नु पर्छ र धेरै मुल्य चुकाएर यो स्थायित्व आएको हो भने । उनले यो स्थायित्वलाई विकास निर्माणमा केन्द्रित गर्नु पर्ने बताए ।

हामी नेपालीहरु जहाँ जहाँ छौ जे जे अवस्थामा भएता पनि यो अवसरलाई सदुपयोग गर्नु पर्ने बताए । उनले विप्लवको सम्बन्धमा राखेको जिज्ञाशालाई समेट्दै सन् २०५२ मा आफूले नेतृत्व गरेको जुन अवस्था र क्षणको सुरुवात भयो र अहिलेको परिस्थिति गुणात्मक रुपमा फरक भएको बताए ।

अहिले जनताले साथ दिने अवस्था छैन ,आफूलाई जनताले साथ दिएका थिए भने जिज्ञाशाको उत्तर दिएका थिए । उनले जनतालाई आतंक बनाएर गरेको जस्तो अहिले अवस्था नरहेको स्पष्ट पारे ।

उनले अगाडी भने यो चिज भनेको कांग्रेस र कम्यनिष्ट (बामपन्थी) तथा अन्य मिलेर यो परिवर्तन ल्याएको बताए । यो परिवर्तनमा बिप्लवहरु पनि संगै रहेका उल्लेख गरे । संगै लडेर संघियता,गणतन्त्र ,धर्म निरपेक्षता ,समाबेसीता तथा समानुपातिका ल्याएको बताए । सबै वर्गलाई प्रतिनिधित्व गर्ने अवसर भएको र पहिलो पटक नेपालमा भएको बताए । यो स्थायित्वको रक्षा गर्ने हामी सबैको जिम्मेबारी हो । यो पटक यो अवसर गुम्न दिनु हुदैन र यसको अधिकतम सदुपयोग हुनु पर्छ । संसारमा जहाँ जहाँ नेपाली रहेता पनि यो स्थायित्वको अवसरलाइ सदुपयोग गर्नु पर्छ भने ।

मन्तब्य कै क्रममा बामपन्थी भन्दैमा जनताले मान्ने भन्ने कुरा हैन । राम्रो गर्नलाई जनताले मान्ने बताए । राम्रो गर्नेलाई कांग्रेस होस् या कम्युनिस्ट (बामपन्थी) जनताले मान्दछ । नराम्रो गर्नेलाई जनताले नपत्याउने बताए । उनले स्थायित्वको लागि अन्य संग भेटघाट गरि रहेको बताए । हामी सबै मिलेर शान्ति सम्झौता गरेका हौ । संबिधान बनाएका हौ । हामी सबै मिलेर चुनाव गरायौ । हामी सबैको मुख्य नारा विकास र सम्वृद्धि रहेको भनि रहेको बताए ।

हामी सबै मिलेर चुनौतिको सामना गर्नु पर्ने बताए । उपस्थित सबैलाई अनुरोध गर्दै आफ्नो दिमागमा कही कतै भ्रम नराख्न अनुरोध गरे । उनले स्थायित्वको अवसर सदैव आई न रहने बताए । यो अवसर गुम्यो भने देशले ठुलो क्षति गुमाउनु पर्ने हुन्छ । उनले ब्युरोक्राट (कर्मचारी तन्त्र)को बारेमा अहिलेको परिवर्तन बारेमा त्यति नबुझेको र पुरानै शैलीमा काम गर्ने शैली रहेको बताए ।

कसरी त्यहाँ कलात्मक ,प्रभावकारी रुपमा जानु पर्ने र त्यसलाई सच्याउनु पर्ने पनि रहेको बताए । विकास बजेट खर्च नहुने सम्बन्धमा ऐन र फाइल ल्याउने र पुर्याउने कारण प्रक्रिया ढिलाई हुने र बजेट नै खर्च नहुने अवस्था आएको यस्ता ऐनलाई परिवर्तन गर्ने काममा सरकार लागेको बताए ।

अन्त्यमा यहाँ बसेता पनि नेपाललाई उत्तिकै माया गरि रहनु भएको छ । उनले ४० र ५० को दशकमा दर्शन र सिद्धान्तको अध्ययनमा बित्यो ,५० देखि ६० को दशकमा युद्ध मै बित्यो ,६० देखि ७० को दशकमा शान्तिमा बित्यो । अब क्रियाशील रुपमा अब १० बर्ष विकास र सम्बृद्धको लागि र सामाजिक न्याय सहितको विकासमा काम गर्ने बताए ।

बिज्ञान,प्रविधिमा कम लगानी गरेको र शिक्षालाई व्यवहारिक रुपमा उतार्न नसकेको र बिज्ञान र प्रविधिमा अनुसन्धानमा ध्यान नदिई विकास नहुने बताए ।

बिज्ञान,प्रविधिमा कम लगानी गरेको र शिक्षालाई व्यवहारिक रुपमा उतार्न नसकेको र बिज्ञान र प्रविधिमा अनुसन्धानमा ध्यान नदिई विकास नहुने बताए ।

प्रचण्डले देशको इज्जत र छबि वृद्धि भएमा हामी सबैको गरिमा बढ्ने बताउनु भयो । नेपाली राहदानी हुने हरु विदेश जाँदा हामीलाई हेर्ने दृष्टिकोण फरक हुन्छ । हामीलाई अर्कै तरिकाले हेर्ने दृष्टिकोण भएको बताए । यो सबै मुलुकले फड्को हान्न नसकेको अवस्था र हामी विकासमा निकै पछि परेको कारण हाम्रो राहदानीलाई हेर्ने दृष्टिकोण फरक भएको बताए । अब सबै मिलेर देशको विकास र सम्बृद्धिमा जुट्नु पर्ने बताए ।

प्रचण्डले शान्तिको महत्व क्रान्तिमा समय बिताएकालाई बढी थाहा हुन्छ ,नेपालमा शान्ति प्रक्रिया ,संघियता र नयाँ नयॉ कानूनहरू बनाउने काम सम्पन्न भएकोले अव हाम्रो सामु विकास र सम्वृद्धि एकल कार्यसूची (एजेन्डा ) बाकि रहेकोले सम्मानित प्रधानमन्त्री केपिओलि सरकार र हाम्रो पाटी नेकपा त्यही एजेन्डमा केन्द्रित छ भने ।

यसै गरी संबिधानमा उल्लेख भए बमोजिम नै प्रवासी नेपालीहरुले गैर आवासीय नागरिकता प्राप्त गर्ने छन भने प्रवासी नेपालिहरूको लगानि सुरक्षित गर्ने , विदेशीभूमिमा आर्जन गरेका शीप र दक्षता मातृभूमिको लागि प्रयोग गरेर नेपालको विकासमा सहयोग गर्न र नेपाल फर्कन पनि आग्रह गरे ।

मातृभूमि जाने क्रममा न्यू योर्क जानु अगाडी बाल्टिमोर स्थित नेपाल हाउसमा दिवा भोजन गर्नुको साथै त्यहाँ रहेका नेपाली कला र संस्कृतिको झझल्को आउने नेपाल हाउसको अवलोकन पनि सपरिवारले गरेका छन् ।