कतारको पर्पल आयरल्याडमा पर्वतवासीहरुले आफ्नै गाउँ जन्मभुमि जस्तै नाच्दै हास्दै रमाउदै मज्जा लुटे

दिल कुमार श्रेष्ठ, दोहा ।
कतारको पर्पल आयरल्याडमा पर्वतवासीहरुले आफ्नै गाउँ जन्मभुमि जस्तै नाच्दै हास्दै रमाउदै मज्जा लुटेको देखियो । आफ्नै गाउँ छिमेक, समाज र जिल्लावासीहरुलाई कतारमा समेट्दै मेलामिलाव र भाइचाराको भावनामा पर्वत समाज कतारले आन्तरिक बनभोज मनाए ।

हावा चलेको चिसो मौसमको मज्जा नाच्न, गाउनु र गाउनु र रमाउनु नै हो भन्ने कुरा बनभोजले प्रमाणित गरेको थियो । सामाजिक सद्भाव सत्कारसंगै आफ्ना दाजुभाई दिदीबहिनीहरुसंगको भेटघाटले अझै सुनमा सुगन्ध थपेको थियो ।

प्राय हप्ताको सुक्रबार ब्यस्त रहने सो पर्पल आयरल्यार्ड यो हप्ता पनि निकै व्यस्त देखिन्थ्यो । पर्वतेहरु नेपाली कलामा पञ्चेवाजामा तालमाताल मिलाउदै कम्मर मकाएको दृश्य हेर्न लायक थियो । रमाइलो गर्ने क्रमलाई जोड्दै समाजले घैटो फुटाउने खेल समेत आयोजना गरेको थियो ।

निश्वार्थ सेवामा हाम्रो पर्वत राम्रो पर्वत नारा रहेको पर्वते कार्यक्रमा पुराना विषेश सहयोगी, कार्यसमिति र निर्वाचन समितिलाई सम्मान पत्रले सम्मान गरेको थियो । रमाइलोका लागी करिव १०० को हाराहारीमा देखिएका पवतेहरुको अनुहारमा खुसी त्यहाँ प्रष्ट देख्न सकिन्थ्यो । सामाजिक सेवामा आफ्नो कदमलाई अगाडी बढाउने क्रममा सदभाव र मेलामिलाव र भाइचाराको माया साट्ने उदेश्य समाजले पुरा गर्यो ।

समाजको साथ र सहयोगको लागी आफु सधै तत्पर रहने बताउदै शुभकामना मन्तब्य दिएका प्रमुख अतिथि भट्टराईले पर्वतेहरुको प्रगतिको खुलेर तारिफ गरे । जिल्लालाई एतिहासिक सफल ब्यबसायिक स्थान रहेको बताए । त्यसैगरि शुभकामना मन्तब्य दिने अतिथिहरुमा सस्थाका प्रतिनिधिहरु रहेका थिए ।

सस्थाका अध्यक्ष सविन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि संस्थाका सस्ंथापक सदस्य भुपति भट्टराई रहेका थिए । उपस्थिति सम्पूर्ण दर्शक अतिथिहरुलाई सस्थाका प्रथम उपध्यक्ष श्याम न्यौपानेले स्वागत गर्दै आफ्नो मन्तब्य राखेको कार्यक्रमको संचालन सचिव शेषराज तिमिल्सिेनाले गरेका थिए ।