पोखराको डोजर काण्ड : स्थानीय डोजरमै लम्पसार, प्रहरीको बल प्रयोग (भिडियो)

बिगत लामो समयदेखी चर्चाको बिषय बनेको पोखरा महानगरपालिका वडा नं. ५ स्थित धारापानी मार्गको घर । युवा व्यवसायी युवराज खतिवडाले बनाएको घर सार्वजनिक जमिन भित्र परेको भन्दै वडा देखी अदालतसम्म कुरा चल्यो । अन्ततः सोमबार महानगरले प्रहरीको साथ लिएर घर भत्कायो ।
रातो र निलो रंगको जस्तापाताले बनाईएको टहरो, वरीपरि बलियो गरी बनाइएको कम्पाउण्ड । पोखरा महानगरका सिमित प्रहरीको साथमा घर भत्काउन गएको टोलिले आँट गर्न सकेन र वडा प्रहरी कार्यालय बैदाम साथै जिल्ला प्रहरी कार्यालय कास्कीबाट थप शुरक्षाकर्मी बोलाएर घर भत्काएरै छाड्यो ।
पोखरा महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष धनबहादुर नेपाली, सदस्य अन्जु केसी, नागरिक समाज पोखराका निवर्तमान अध्यक्ष राम बहादुर पौडेललाई स्थानियले गालीको बर्षा गराएका थिए । राजनीतिकको आधारमा एउटा मात्र घर भत्काउनु कानुन सुहाउदो नभएको स्थानियहरुको आरोप थियो । सदस्य केसीलाई स्थानियले सामान्य हातपात गरेका थिए ।