जापानबाट लक्ष्मी घिमिरे लेख्छिन, महिला आरक्षण हाेईन अधिकार सम्पन्न हुनुपर्दछ।

नेपालको सन्दर्भमा पुरुषप्रधान पितृसतात्मक सोचको कारणले महिलाहरु पछाडि पारिनु केहिहद सम्म सत्य हो,भने मेरो विचारमा महिलामाथि हुने हिंसाका घटनाहरु नेपालको कानुनमा कडाई नहुनु अझै भनौं जसलाई जे मन लाग्यो त्यहि गरे हुने ,डरलाग्दा घटनाहरुमा पनि राजनितिक संरक्षणमा भित्रभित्रै चुपचाप छुपाउने परिपाटिले गर्दा पनि वढिरहेका छन।

हुन त घरेलु हिंसाका घटनाहरु पनि ब्याप्तै छन, यस्ता हिंसाको अन्त्य छिट्टै हुनुपर्दछ। भने अर्कोतिर श्रीमानले विदेशमा पसिनाको मूल्य वेचेर संघर्षले कमाएको पैसा मोजमस्तिमा उडाउंदै कलिला वच्चाको विचल्लि पारी अर्कै पुरुषसंग नाता गांसेका महिलाका उदाहरण पनि नौला विषय होईनन।

कुनै १ जना महिला अगाडि वढ्न खोज्यो भने उसलाई पछार्न र खुट्टा तान्नको लागी लस्करमा वसि महत्वपुर्ण समय खर्चिने महिलाको पनि लस्कर हुनेगर्छ। देश छोडि विदेशिको गुलामी गर्दासम्म पनि एकअर्कालाई पछार्नै खोज्छौं मैले भन्दा वढि पैसा कमाई फलानिले भन्दै कुरा काटेर महत्वपुर्ण समयको वर्वाद गर्छौं। हरेक क्रियाकलापहरुमा श्रीमानकै भर पर्छौ २ लाख रुपैयां कमाई हुन्छ भने आफुलाई २ सय रुपैयांको खांचो पर्दा हात थाप्नुपर्ने अवस्था सिर्जना हुन्छ अनि नारि दिवसको १ दिन नारि आवाजहरु उठाउंदै भाषण दिन्छौ पुरुषवाट पछाडि पारियो भनेर।

म आफै महिला हुं सवै महिलाहरुलाई नराम्रै भन्न दोष लगाउन खोजिरहेकि छैन राम्रो काम गरेका महिलाहरुलाई मनैदेखि सम्मान गर्छु। सोचलाई अलिकति वदलौं कुरा भन्दा काम गरौं। २ सय रुपैयांको लागि पुरुषकै भर नपरौं,आत्मनिर्भर वन्न सिकौं।आफु वनौं,परिवार वनाऔ देश आफै वन्नेछ।अन्तराष्ट्रिय महिला दिवसको सवैलाई शुभकामना ।

लक्ष्मि पौडेल घिमिरे टोकियो जापान

को लक्मी पौडेल :