ज्वाला संग्रौलाइ हातेमालो गर्न पत्रकार चेली लक्ष्मी पौडेलको आयो यस्तो म्यासेज !

संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनाहरुलाई सामाजिक संजालको भित्ता मार्फत स्टाटस लेखी लाखौ दर्शकहरुको कान सम्म पुराउने एक साहसी चेली ज्वाला संग्रौलालाइ हातेमालो गर्न जापनमै रहेकी अर्की पत्रकार चेलीले स्टाटस लेखेकी छन् । हामीले ज्वाला संग्रौला लगायत लक्ष्मी पौडेलको फेसबुकमा लेखिएको सामग्री जस्ता को तस्तै यहा देखाएका छौ ।

ज्वाला संग्रौला लेख्नु हुन्छ :
कुनै कुनै शब्द पुरुषलाई पच्छन् तर तिनै शब्द महिलालाई पच्दैनन् किन? म समाजको परिक्षणमा छु..! छाडा बोली नभन्नुस् महासयहरु..! महिलालाई हेप्ने दबाउने, र निरिह देखाउने काम महिलाबाटै बढि हुँदै छ, पुरुषहरु त बहाना मात्र हुन्। यस्को लागि महिलासँगै लड्नु जरुरी छ, सबै होइन ,छन् केहि आफूलाई इज़्ज़तदार ठान्ने ठालुहरु…! म तिनीहरुको बिरुद्दमा छु।

लक्ष्मी पौडेल लेख्नु हुन्छ :
अन्याय सहन जति पिडा अरु केही हुदैन् तर बिडम्बना अन्यायको बिरुद्व आवाज उठाउंदा अाफै नराम्रो हुनुपर्ने विडम्वना! ज्वाला जि म पनि तपाई जस्तै गरि समाजको परिक्षणमै छु। संगै हातेमालो गरौ ।

लक्ष्मी पौडेलको यो लेख्न पढ्नु होला (भिडियो सहित)

जापान जान्छु भनेर मख्ख नपरे हुन्छ,जापानमा नेपालीहरुले भोग्ने पिडा र दुख कम्ता छैनन् भिडियो सहित

आफ्नै लागि र नेपाल आमाको लागी मुटुभरि देशको मायॉ अनेकौं सपना र भविष्यका परिकल्पना गर्दै मुटु पिरो वनाउंदै त्रिभूवन विमानस्थलवाट वैदेशिक यात्रा सुरु गरेको पनि १ वर्ष पुगेछ। सबैभन्दा महंगो र हतारै हतारको सहर मानिने टोकियोको एक कुनामा वसेर जिन्दगिका संघर्षसिल पाईलाहरुले गन्तब्य खोजिरहेकि छु।यो सहरमा म जस्ता सत्तरि हजार बढि नेपालिहरु यसैगरि भौतारिईरहेका छन।

यस सहरमा सुरुवातका दिनहरु निकै कष्ठपुर्ण र कहालिलाग्दा थिए।आफ्नो भन्ने कोहि थिएन, एक त सबै हतारै हतारमा देखिन्थे भएका आफन्ति र साथिभाईले पनि खासै वास्ता नगरेजस्तो लाग्थ्यो। दुख लागेको कुरा म भन्दा केहि समय पहिला जापान प्रवेश गर्नुभएका आफन्तजनहरु समयसंगै वदलिएर आफन्त चिन्नै छोड्नुभएछ।अझै भनौं नेपाल छंदा छिटो आउ काम लगाईदिन्छु भन्नेहरुले पनि फोन उठाईदिएनन।

सुनेको जापान र भोगेको जापानमा आकासपातलको फरकपन पाउंदै थिएं। घनाजंगलको विचमा आफु भयजस्तो कि कस्तो कस्तो लाग्थ्यो सोच्दासोच्दा आफैमा हराउंथे।काहिंकतै १ जना नेपालि बाटोमा देख्योकि माईतिगाउंको कुकुर प्यारो जस्तै लाग्थ्यो।अंग्रेजि पनि खासै प्रयोग नहुने जापनिज भाषाको अवस्था पनि शुन्य थियो। भाषाकै समस्याको कारण काम, किनमेलदेखि लियर सबैठाउंमा समस्या हून्थ्यो। नेपालमा शिक्षण,पत्रकारिता, वजार ब्यवस्थापन यस्तै पेशाको काम र अनुभवलाई विट मार्दै रुखवाटै पैसा टीप्नेजसरि जापान आईपुगेकी म।

बाकीँ भिडियोमा हेर्नुहोस