संविधान संशोधनको मुद्दा फेरिएको छैन, उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री ( भिडियो सहीत )

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संविधान संसोधनको मुद्धामा सरकार सकारात्मक रहेको बताएका छन् । संघीय प्रेस फोरमद्वारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान संसोधनबो आफुहरुको एजेण्डामा प्रधानमन्त्री केपी शर्मा ओली समेत सकारात्मक रहको बताए ।

मुलुकमा राजनीतिक अस्थिरताका कारण विकास तथा समृद्धिको अभियान अवरुद्ध बनेको बताएका उनले दक्षिण एशियामा नै कमजोर आर्थिक अवस्थामा रहेको नेपालको अवस्था सुधारमा समेत जोड दिए । राजनीतिक रुपमा फरक विचारका साथ आफ्ना गतिविधिहरु अगाडि बढाइरहेका पार्टी तथा समूहलाई मन्त्री यादवले मुलुकमा पुनः द्वन्द्वात्मक स्थितिको सृजना गरि अस्थिरता तर्फ धकेल्न जरुरी नरहेको बताए ।

पार्टी एकताको प्रसंगमा मन्त्री यादवले एक हातले ताली नबज्ने बताए । मुलुकमा वैकल्पिक शक्ति निर्माण गर्ने गरि विचार सिंद्धान्तका आधारमा पार्टी एकता हुने उनले बताए । मन्त्री यादवले शिक्षा, स्वास्थ्य र कृषिको क्षेत्रमा सरकारी लागी अत्यन्तै न्युन रहेको गुनासो गरेका छन् ।