प्रतिभाकी धनी पुजा देवकोटाले फर्की आउँनु बुबा भन्दै गाईन यस्तो मन छुने गीत

भक्तपुर : अदभुत क्षमता भएकी ९ वर्षिया पूजा देवकोटा अहिले सामाजिक संजालमा निकै भाइरल भएकी छिन्। उनी सारै मिठो र सुमधुर आवाजमा लोकदोहोरी गाउने गर्छिन। कैलालीकी पूजा देवकोटा आफ्नो बुवा खोज्दै काठमाडौँ आएकी हुन् । सानै उमेरमा बाबालाई खोज्ने साहस लिएर हिडेकी पूजाको अबका दिनहरुमा गीत रेकर्डिंङ गराउने तयारी रहेको छ। उनको आवाजमा रहेको गीत छिट्टै नै बजारमा आउनेछ।

विश्वभर रहेका नेपालीहरु माझमा उनी लोकप्रिय बन्न सफल बनेकी छिन् । उनले काठमाडौँ आएर विष्णु माझि, मनीष लिम्बु र देवी घर्ती मगरजस्ता गायक गायिकालाई भेट्ने मौका पाएकी थिइन्। उनलाई भेट्दा गायिका घर्तिले पछि गएर राम्रो गायिका बन्ने बताएकी थिइन्। उनको भविष्यमा समाजसेवी र गायिका बन्ने सपना रहेको छ।

भाईरल पूजा देवकोटालाई अहिले विभिन्न संचार माध्यममा अन्तर्वाता दिन भ्याईनभ्याई छ। पूजाले अन्तर्वार्ताहरुमा आफ्ना बुबा चार वर्षदेखि हराएको कुरा पनि बताएकी छिन् । उनले पिएनपिखबरको कुराकानीको क्रममा गीत गाउँदै आफ्नो बाबालाई फर्किएर आउन अनुरोध गरेकी छिन्। उनलाई हराएको बुबा आफ्नो भिडियो कतैबाट हेरेर फर्किएर आउने ठुलो आश रहेको छ।

हेर्नुहोस् भिडियो