‘मुस्कुराउने अधर’ म्युजिक भिडियो सार्वजनिक उदयमान गायक दिपक जंग मगरको ( भिडियो सहित )

नेपाली सांगीतिक क्षेत्रमा नयाँ गायक गायिका को दिनानुदिन आगमन भइरहेको छ । हरेक दिन नयाँ गित र एल्बम पनि सार्वजानिक भैरहन्छ्न । कति रहर गरेर आएका हुन्छन् भने कति म्युजिकमै करिएर बनाउछु भन्ने सोचका साथ आएका हुन्छन् । कति यो फिल्डमा टिक्छ्न कति कोसिसमा लागिरहनछ्न।

बेला बेला प्रतिभा पलायन को कुरा नआएको पनि होइन। कति बिदेश पलाएन हुन्छ्न र उतै बिलाउछ्न। तर कति यस्ता पनि हुन्छ्न जो बिश्वको जुनै कुनामा मा भए पनि नेपाललाई मन बाटै माया गर्छ्न र नेपाली कला ,साहित्य र संगीतलाई माया गर्छन।

कला र संगीतका माध्यम बाट नाम, सम्मान कमाउने सपना सहित नव गायक दिपक जंग मगरले आफ्नो पहिलो गीत ” मुस्कुराउने अधर ” केही दिन अघि डिजिटल बजारमा सार्वजनिक गरेका छन। हाल जापानमा बस्दै आएका गायक मगरले जापानमै यो भिडियोको निर्माण गरेका हुन। गीतमा स्वर दिपक जंग मगरको रहेको छ भने शब्द तिब्बत दर्लामीको रहेको छ। यस गीतमा संगीत र एरेन्जमेन्ट सरोज लामाको रहेको छ। गीतको भिडियोमा स्वयम गायक दिपक जंग मगर र सरिना थापा मगरको अभिनय रहेको छ। गीतको भिडियो खिच्न कौडा बुढा मगरले सहयोग गरेका हुन। भुवन सिंह थापाको निर्देशनमा भिडियो तयार पारिएको हो।