न्यू योर्कमा १३ नेपाली व्यक्तित्व एवं २ नेपाली संस्थाहरु सम्मानित

विश्व कै सम्राट राज्य न्यू योर्कमा १३ नेपाली व्यक्तित्व एवं २ नेपाली संस्थाहरु सम्मानित भएका छन् । ‘अतिथी सम्मान’ द्वारा कदर हुनेहरुमा क्रमस वरिष्ठ लोकगायक राम प्रसाद खनाल, महिला ब्यवसायी शर्मिला शेरचन (न्यू योर्क), वरिष्ठ नायिका बिनिता बास्कोटा पौडेल (न्यू योर्क), महिला कर्पोरेट नेतृत्व रेणु शर्मा सापकोटा (न्यू योर्क), मानवीय सामाजिक अभियन्ता रोशन ढुङ्गाना (न्यू योर्क), क्यानाडाकि महिला ब्यवसायी, सामाजिक अभियन्ता एवं चित्रकार रश्मी थापा मगर, लोकगायक, गीतकर एवं संगीत सर्जक बिमल डाँगी (न्यू योर्क) र ब्यवसायी, हेयरस्टाईलिस्ट एवं गीतकार पासाङ नुरु शेर्पा (न्यू योर्क) रहेका छन् ।

यसै गरि ‘अतिथी सम्मान’ द्वारा कदर गरिएका नेपाली संस्थाहरुमा मुस्ताङ किदूग युएसए (न्यू योर्क) र खेलकूद कमिटी (युनाइटेट शेर्पा एशोसिएसन युएसए) (न्यू योर्क) रहेका छन् । त्यसैगरी, ‘युवा प्रतिभा पहिचान पुरस्कार’ बाट युवा ब्यवसायी एवं रेकर्डिङ आर्टिश बिकाश खरेल, वातावरण, युवा मानवीय सामाजिक अभियन्ता एवं कलाकार पेमा छेवाङ शेर्पा, युवा चर्चित कलाकार शुस्मा खनाल, युवा बिद्यार्थी नेत्री अनामिका शर्मा पौडेल र विध्यार्थी नेत्री एवं युवा सामाजिक अभियन्ता छिरिङ ल्हामु शेर्पालाई सम्मान गरिएको छ ।

समारोहमा प्रमुख अतिथी रहेका नेपाल सरकारका वाणिज्यदूत एवं साहित्यकार कृसु छेत्रीले सम्मानित ब्यक्तिवहरुलाई कदर पत्र र परम्परागत खादाद्वारा सम्मान गरेका थिए ।

१३ नेपाली व्यक्तित्व एवं २ नेपाली संस्थाहरुलाई सम्मान न्यू जर्सी बाट संचालित अंकीय पत्रिका युएसनेपालअनलाइनको ११औं वार्षिकोत्सवमा प्रदान गरिएको हो । सम्मानित ब्यक्तित्वहरुको परिचय प्रधान सम्पादक प्रदीप परियार थापा मगरले प्रस्तुत गरेका थिए ।

युएसनेपालअनलाइनको प्रकाशन सन् २००७ डिसेम्बर ३ का दिन देखि प्रारम्भ भएको हो । उक्त बिधुतिय पत्रिकाले बिगतका वर्षहरुमा जस्तै समाजमा योगदान पुर्याएका ब्यक्तित्वहरुलाई ‘अतिथी सम्मान’द्वारा कदर गरेको छ भने युवा प्रतिभाहरुलाई ‘युवा प्रतिभा पहिचान पुरस्कार’ द्वारा सम्मान गरेको छ ।

उक्त वार्षिकोत्सव समारोहमा न्यू जर्सी राज्य बिधान सभा द्वारा स्वीकृति प्रस्ताव र जर्सिसिटी शहरका नगर प्रमुख स्टेभन एम फुलपद्वारा घोषणा पत्र जारी गर्दै सम्मान गरेका छन् । उक्त स्वीकृति प्रस्ताव र घोषणा पत्रमा युएसनेपालअनलाइनले नेपाल र अमेरिकामा रहेका नेपाली समाजलाई आधा विश्व टाढाबाट जोड्ने काम गरेको भन्दै जर्सी सिटी शहर गौरवान्बित बनेको उल्लेख गरिएको छ । उक्त समारोहमा जर्सी सिटी परिषद सभापति रोलाण्डो लाभारोद्वारा संचारकर्मी पत्रकार किरण मरहट्टा, अंग्रेजी पुस्तक लेख्ने युवा लेखक राजन थापलिया र साहित्यकार शकुन्तला ज्ञवालीलाई वृतान्त कदर पत्रबाट सम्मान गरिएको छ ।

जर्सी सिटी काउन्सिल प्रेसिडेण्ट रोलाण्डो लाभारोद्वारा प्रदान गरिएको वृतान्त जर्सी सिटी नगर प्रमुखका सल्लाहकार डा. बिष्णुमाया परियारले वाचन गर्दै प्रमुख अथिती एबं वाणिज्यदूत कृसु छेत्रीसंग संयुक्त रुपमा प्रदान गरेकि थिईन् ।

समारोहमा स्वागत मन्तब्य वूमन फर कज कि निवर्तमान अध्यक्ष गीता पोख्रेल खनालले गरेकी थिईन् भने समारोहको सन्चालन साहित्यकर शकुन्तला ज्ञवालीले गरेकि थिईन् ।

समारोहमा साँस्कृतिक कार्यक्रममा लोकगायक राम प्रसाद खनाल, लोकगायक बिमल डाँगी, गायिका संगिता मुखिया, लोकगायक अभय ढुङ्गेल र लोकगायक सोम अधिकारीले लोकगीत प्रस्तुत गरेर पाहुनाहरुलाई भरपूर मनोरन्जन दिलाएका थिए । यसै गरि नृत्य तर्फ ‘युवा प्रतिभा पहिचान पुरस्कार २०१८’ बाट सम्मानित कलाकार शुस्मा खनाल, न्यू योर्कका संचारकर्मी योगेश आदि, बाल कलाकारहरु १० बर्षिय सिम्रन अधिकारी ,१० बर्षिय जारा प्रसाई र ७ बर्षिय साम्राज्ञी रोक्का ले नृत्य प्रस्तुत गरेका थिए।

तस्बिर :दिपक परियार युएसनेपाल अनलाइन