गायिका गुन्जन उपाध्यायको “माया कस्तो लाए” सार्बजनिक (भिडियो सहित)

काठमाडौँ : अमेरिकामा बसोबास गर्दै आएकी गायिका गायिका गुन्जन उपाध्यायको “माया कस्तो लाए” सार्बजनिक भएको छ । बाल्यकाल देखिनै सांगीतिक माहोलमा हुर्केकी गायिका गुन्जन आफ्नै बाबा तुंगनाथ उपाध्याय बाट संगीतको प्रशिक्षण लिदै गित गाउदै आएकी छिन । नेपालका प्रसिद्ध तबला वादक पं होमनाथ उपाध्याय द्वारा स्थापित ‘प्रस्तार’ समूहमा समेत संगीत सिकेकी उनि सानै देखि गित संगीतमा रुचि राख्दै आएकी सुमधुर आवाजकी धनि गायिका हुन् ।

उनले बाल्यकाल देखिनै नेपाली सांगीतिक क्षेत्रमा भजन लगायत अन्य धेरै गितहरु रेकर्ड गराइसकेकि छिन । परदेशी भूमिमा बसेर पनि सदैब नेपाली सांगीतिक क्षेत्रलाइ माया गर्दै आफ्नो गायन यात्रामा निरन्तर लागिरहेकी गायिका गुन्जनले अमेरिकामा हुने विभिन्न कार्यक्रममा समेत आफ्नो प्रस्तुति दिदै आएकी छिन ।

गित रेकर्डिङ देखि म्यूजिक भिडियो छायांकन र सम्पादन समेत अमेरीकामा नै गरिएको यो गीतलाइ गायिका गुन्जनका पिता तुंग नेपालले लेखेका हुन् भने संगीत पनि उनकै हो । तुंग नेपाल नेपालमा रहँदा बिभिन्न बिधालयमा संगीत गुरु भएर काम गरिसकेका उनले अमेरीकामा पनि नेपाली गीत संगीत, सस्कृति जोगाउन र अहिलेको पुस्तालाइ नेपाली गीत संगीत, वाद्यवादनको संयोजन र प्रशिक्षण गराइरहेका छन् । नेपाल आफैमा गीतकार संगीतकार तथा गायक पनि हुन् ।

सार्वजनिक यो गीतको एरेन्ज भद्रेश्वर बर्मनले गरेका छन् भने भिडियोमा रिता याम्फू र जिन जेङ्ग को अभिनय रहेको छ । भिडियोलाइ मन्जिल श्रेष्ठले छायांकन सम्पादन र निर्देशन गरेका हुन् । भिडियो हेर्नुहोस