देशको गहना निशा घिमिरेको स्वास्थ्य अवस्था सुध्रिदै (भिडियो)

मोडल निशा घिमिरेको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ। काठमाडौस्थित बीर अस्पतालको ट्रमा सेन्टरबाट उनलाई भक्तपुरको साँगामा रहेको स्पाइनल इन्जुरी पुनस्थापना केन्द्रमा रिफर गरिएको छ।
कलाकारिता क्षेत्रमा संघर्षरत रहेर आफ्नो भबिष्य कोर्न अगाडि बढ्दै गरेकी मोडल निशा घिमिरे अभिनय पढ्ने सिलसिलामा केही समय अगाडि भारतमा गएकी थिइन्। शो क्रममा उनी सवारी दुर्घटनामा परेकी हुन् ।

२० वर्षिया निशा विगत ४ वर्ष देखि कलाकारितामा लागेकी हुन्। गत पुस १८ गते भारतको तेरादुनस्थित निशा सहितको ४ जना विद्यार्थी सावार रहेको कारमा ट्रकले टक्कर दिंदा दुर्घटना घटेको थियो। अहिले उनको सम्पूर्ण हेरविचार गरिरहेका छन्। बोल्न नसके पनि आफन्तलाई चिन्न सक्ने निशाका बाबु बताउँछन्।

बाबुको अनुसार, त्यस समय उनलाई भारतकै कैलाश अस्पतालमा १८ दिनसम्म राखियो। त्यति बेला भारतीय रुपैया १० लाख खर्च भएपछि आर्थिक अभावका कारण उपचार खर्च जुटाउन जटिल बनेका कारण उनलाई नेपाल ल्याई काठमाडौँको ट्रमा सेन्टरमा भर्ना गरिएको हो।

काठमाडौँ ल्याएपछि उनको स्वास्थ्यमा धेरै सुधार आएको छ। अहिले उनी हेर्न मान्छे चिन्न सक्छिन। उनलाई कलाकार धेरै थोरै सहयोग मिलिरहेको छ। उनको थप उपचारका लागि निशाका बाबुले सहयोगको अपिल पनि गरेका छन्।

सके आर्थिक सहयोग नसके यो समाचार शेयर गरेर भए पनि सहयोगी मनसम्म पुराइदिनु हुन हार्दिक अनुरोध गरिन्छ। निशाको उपचारका लागि सहयोग सहयोग गर्न चाहानुहुन्छ भने
पिएनपिमिडियाको अफिसियल पेज पिएनपिखबर डट कममा म्यासेज पनि गर्न सक्नुहुन्छ। साथै आर्थक सहयोगका लागि ९८५१२३८९५२,९८८०३९६४५२ सम्पर्क गर्न सक्नुहुनेछ।

हेर्नुहोस भिडियो :