एकाएक कमरेड प्रचण्डको उच्च सम्मान गर्दै फेरी गर्जिए रमेश (भिडियो सहित)

रमेश प्रसाई एक बहुआयामीक पात्र हुन् । नेपालको पूर्वबाट उदाएका एक चम्किला तारा हुन्। स्पष्ट बक्तासंगै तिखो वुद्धी भएका एक युवक हुन् । देशकालागि आवाज उठाउने एक स्वाभिमानी युवा हुन् । जिवन एक निरन्तर बगिरहने खोला हो । खोला रोक्न खोजे कमजोर भागबाट कटानी भएर कुनै एक निश्चित गन्तव्य भएर बगिरहन्छ । हाम्रो मनमा गुम्सिएर बसेका विचाहरुपनि हामीहरुले कुनै न कुनै माध्यमबाट स्वस्थ तरिकाले बाहिर ल्याउनैपर्ने हुन्छ । अन्यथा ति विचारहरु त्यतिकै विलीन भएर जान्छन् वा मनमा भार भएर बसिरहेका हुन्छन् । रमेश प्रसाई पब्लिक स्पीकर सिजन २ का विजेता हुन्।

रमेश जी गणतन्त्रीक एफएमको कार्यक्रमा मुलधारका राजनितिज्ञदेखी अन्य धेरै व्यक्तित्वहरुलाई कडा अनि सिधा प्रश्न गरेर ढलाउने स्पष्ट बक्ता हुन् । शारीरिक र मानसिक रुपले मेरो विचारमा नेपालकै एक मजबुद युवा हुन् । आखॉं भएर मात्र सब थोक हुने र आखॉं भएन भने केहि नहुने भन्ने बुझाई गलत साबित भएका छन् । सफलताको चुचुरोमा पुग्न आखॉंले पक्कै छेकेन। आफुले आफ्नो आखॉं , मुटु जस्ता महत्वपूर्ण अंगहरु दान गर्न सक्ने अधिकार जुन कुनै पनि व्यक्तिसंग छ । आफ्न अंग नै दिन तयार जो कोहीपनि महान मनका नारी वा पुरुषको सम्मान राष्ट्रदेखी अन्तराष्ट्रीय स्थरसम्म हुनुपर्छ । रमेश जी जे छन् , ठीक छन् । रमेश जी देशको चम्किलो तारा हुन् ।

यो तारा कुनै ठाउबाटपनि खस्न दिनुहुन्न । स्वतन्त्र तारा हुन् । तिन करोड नेपालीका तारा हुन् । त्यसैले पवित्र अनि स्वतन्त्र व्यक्तिको छायॉं रमेश जी माथी छ । आत्तिएर कुहिएका पखेटाहरु जोडेर उड्न खोज्नेहरु , गलत राजिनिती गर्नेहरु, राजनेता भनेर पुजा गर्ने र आफ्नै भविश्यको ठेगाना नभएका ठेकेदारहरु बडो गम्भिर भएर भुक्नु भन्दा वर्तमान समयमा रवि लामिछाने , अपिल त्रीपाटी, कुलमान घिसीङ् , महावीर पुन , रमेश प्रसाई, कमल लामिछाने , धुर्मुस-सुन्तली , केपी खनाल लगायतको कामको सम्मान गर्दै देश वनाउने अभियानमा लागौ । रमेश प्रसाईहरुलाई प्रेरणाको स्रोतका रुपमा सम्झिदै , माथी उठाऔ र सकरात्मक परिवर्तनको खोजीमा सवै लागौ । आलोचना र खुट्टा तान्ने अभियानमा होईन्, सत्य बोल्दै देशको झण्डामुनी बस्ने चाहना बोकौ । जय देश, जय स्वाभिमान । (लेखक यच बि तमारकारको सहयोगमा)