चन्द्रकोट ४ शान्तिपुरमा २ दिने घुम्ती सिविर तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

चन्द्रकोट शान्तिपुर कमल खत्री,

जिल्ला प्रसासन कार्यालय गुल्मी र चन्द्रकोट गाउपलिका र कार्यपालिकाको कार्यालय शान्तिपुर मा २ दिने घुम्ती सिविर तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमा मा फोटो सहित को मतदाता नामावली, नेपाली नागरिकता को प्रमाण पत्र निसुल्क स्वास्थ्य सिविर, घरेलु उद्धोग दर्ता तथा नबिकरण, बाणिज्य नबिकरण दर्ता, बिवाह दर्ता, जन्म दर्ता, बालि उपचार सिबिर जस्ता कार्यक्रम हरु सम्पन्न भएका छन ।

सम्पन्न्न कार्यक्रम मा चन्द्रकोट गाउपलिका का ८ ओटै वार्ड का सेवा ग्राहीले सेवा प्राप्त गरेका छन् । उक्त कार्यक्रम मा फोटो सहित को मतदाता नामावली कुल ३७५, नागरिकता वितरण महिला २२१ पुरुष ११२ गरि जम्मा ३३३ जना, बाणिज्य नबिकरण ८ जना, उद्योग नबिकरण २ जना, बाणिज्य दर्ता ११ जना, उद्योग दर्ता १९ जना, सव्स्थ्य सिबिर मा १३५ जना बालि उपचार तथा बिउ बिजन वितरण सम्बंधी परामर्स २२९ जना ले प्राप्त गरेका छन ।

उक्त कार्यक्रम मा जिल्ला प्रसासन कार्यालय प्रमुख येदुनाथ पौडेल, चन्द्रकोट गाउपालिका अदक्ष्य द्रोण बहादुर खत्री प्रसासन अधिकृत , गाउपलिका उपाद्यक्ष्य लगायत ले सार्वजनिक सुनुवाई कार्यक्रम मा स्थानीय बासिन्दा को जनगुनासो को बारेमा स्पस्टिकरण पार्दै उक्त कार्यक्रमको सहजीकरण जिल्ला पत्रकार महासंघ गुल्मी का सचिव टोपलाल अर्याल को संचालनमा सम्पन्न भएको छ ।