‘बेवारिसे शबको अभिभावक’ बिनय बस्नेतलाई नायिका रेखा थापाले ‘हिरो’ किन भनिन?

काठमाडौं: चर्चित अभिनेत्री रेखा थापाले बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष तथा समाजसेवी विनयजंग बस्नेतको प्रशंसा गर्नुभएको छ । वेवारिसे शव व्यवस्थापनकाे काम गर्दै आएको एक्सन फर सोसल चेन्ज (व्यवस्थापन तथा पुनर्जीवन केन्द्र) नामक संस्थाले मङ्गलबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा राज्यले गर्नु पर्ने काम बस्नेतले गरेको बताउनुभएको हो ।

समाजसेवी समेत रहनुभएका थापाले कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवी बस्नेतलाई ‘हिरो’को उपनाम पनि दिनुभयो । ‘हि इज अ हिरो’ थापाले बस्नेतलाई देखाउँदै भन्नुभयो, ‘हिरो यता हुनुहुन्छ ।’ ‘हुन त हामी सबै हिराे हाैँ, हामी जन्मेकै हिरो बन्नको लागि हो ।’ उहाँले भन्नुभयाे।, ‘हरेक मानिस हिरो हुन्छन् तर काम गर्न चाहिँ सक्नुपर्छ ।’

एक्सन फर सोसल चेन्जको कामदेखि एकदमै प्रभावित भएकाे र जहिले पनि आफू सहयोग गर्न तत्पर रहेको बताउनुभयो । ‘तपाइहरूले जे गर्नु भएको छ, एकदमै राम्रो गर्नुभएको छ । यो काम निरन्तर भइरहोस् ।, उहाँले भन्नुभयो, मैले के सहयोग गर्न सक्नु, मैले कहाँ के गर्नु पर्छ ? तपाईँहरूको लागि सधैँ तत्पर छु ।’

२०७२ सालकाे भूकम्पछि आफूले पनि एक वर्ष वेवारिसे शवको व्यवस्थापन गरेको पनि सुनाउनु भयो । आफ्नै सन्तानले गर्न नसक्ने काम बस्नेतले गरिरहनु भएकाे थापाकाे भनाई छ ।

उहाँले हरेक क्षेत्रमा सबै जाग्ने बेला आएको र सामाजिक कुरीति बदल्न सबै लाग्नु पर्ने बताउनुभयो । ‘गणतन्त्रमा पनि हामी कुन शासनमा छौँ ? कहाँ छौँ ? र आब पनि हामी जागेनौँ भने हामी धेरै वर्षपछि धकेलिने छौँ ।’ उहाँले भन्नु भयो ।

अर्को सन्दर्भमा थापाले ‘होचो पुड्का’हरूलाई सबैले माया गर्नुपर्ने बताउनुभयो । होचो पुड्कामा पनि अग्ला मान्छेहरूको भन्दा कम क्षमता नभएको भन्दै होचा पुड्काका लागि हरेका ठाउँबाट जागरुक भएर उठ्नु थापाले बताउनु भयो ।

आफू जस्तो भएपनि राम्रो भएको उहाँकाे भनाई । ‘आफू जस्तो छौँ त्यसैमा गर्व गर्नुपर्छ । हामी सबै मन्छे हौँ । उचाइ मोटाइ केहिले पनि फरक पर्दैन ।, उनले भन्नुभयो, ‘सबै मन्छै एउटै हो फरक भनेको सोच मात्रै हो ।’ यो धर्तीमा जन्म लिनु नै सबै भन्दा ठूलो कुरा भएको बताउनुभयो ।

उहाँले डर बोकेर बाच्नु सबै भन्दा ठूलो कम्जोरी भएको पनि बताउनुभयो । ‘हामी सबैमा डर छ, हिजोको डर, आजको डर, भोलिको डर, के हुन्छ भन्ने डर, कस्तो देखिन्छु भन्ने डर, के भन्ला भन्ने डर, वर्षैदेखि डर पालेर बाचेका छौँ, सबैको हुन्छ डर । सफल हुने भन्दा पनि असफल हुने डरले हामी बाचिरहेका छौँ ।’

राज्यले कसैलाई पनि नहेरेको थापाकाे आरोप छ । ‘राज्यले कसैलाई पनि हेरेको छैन । यहाँ दिनढहाडै बालीका बलात्कृत भइरहेकी छिन् । एउटा छोरी मान्छे सुरक्षित भएर बाहिर निस्कन सकेका छैनन् । हामीले कसको आशा गर्ने ? अहिले मलाई लाग्दैन हामीले राज्यबाट धेरै आशा गर्नु पर्छ भन्ने त्यसका लागि तपाई हामी एक हुनुपर्छ, सबै जागरुक भएर लाग्नु पर्छ, उहाँले भन्नुभयो ।

समाजकाे कुरीति एक जनाले गरेर मात्रै गर्न नसकिने बताउनुभयो । ‘एउटा दियोले अर्को दियोलाई बाल्दै जानु पर्छ । एउटा दियोले सबै दियोलाई बाल्न सकिँदैन ।’ उहाँले भन्नुभयो, ‘म चाहन्छु यो देशमा छोरी भएर जन्मँदा गर्व गर्ने हुनुपर्छ । आधा जमिन ढाकेका दिदीबहिनी हामी कहाँ छौँ ?’

हरेका क्षेत्रमा एउटा महिला प्रमुख हुनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले नारी सुन्दताको प्रतिक भएको पनि बताउनुभयो । हामी नारी भनेको सुन्दरताको प्रतीक हौँ, हामी जस्ताे छाैँ, त्यतिकै सुन्दर छौँ, हामी एउटा अन्तर्वार्ता दिनका लागि जानु पर्‍यो भने मेकअप गरेर चिटिक्क भएर जान्छौँ अनि हामीलाई नहेरेर कसलाई हेर्छ ?’ सबै नारीहरु जागरुक भए यहाँ नारी दबिएर, लाचार भएर बस्नु नपर्ने पनि बताउनुभयो ।

कार्यक्रममा होचा पुड्का संघलाई नगद रु २५ हजार सहित सम्मान गरिएको थियो। होचा पुड्का संघका पुर्व अध्यक्ष दल बहादुर कार्की, शारीरिक रुपमा अशक्त यसोदा सेठी लगायत विभिन्न समाजसेवी, कलाकार तथा पत्रकारलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।