धुर्मुसले भाबुक हुदै भने, अहिले सम्मकै पछिल्लो अपडेट भिडियो सहित

स्कटनेपाल,

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको गौतम वुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्ण स्थलमा मंगलवार र बुधवार धुर्मुस सुन्तली श्रमदानमा ब्यस्त भए ।
बालुवा बोक्ने , मसला बनाउने, जस्तापाता बोक्दा उनीहरु हौसिएका थिए । भरतपुर महानगरपालिका वडा नं १५ मा निर्माणाधीन रंगशाला बनाउने चटारोले हाँस्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई भ्याईनभ्याई छ । सामान भण्डार गर्ने भवन, स्टोर र कर्मचारीहरुका लागि आबास निर्माणको काम गरेका थिए । टेलिभिजनको पर्दामा देखिएको मनपर्ने कलाकार धुर्मुस सुन्तली सँगै सिमेन्टको मसला बनाउने र बोक्ने उनीहरू दंग पनि परिरहेका थिए । निमार्ण स्थल पुगेका धुर्मुस देखेर कामदार अचम्मित बने ।

निर्माण स्थललाई जस्ताले घेरिएको छ । अहिले प्रारम्भिक चरणको काम भईरहेको छ । उनीहरुले स्थानीयलाई रंगशाला निमार्ण सबै नेपालीको सपना भएको भन्दै आफ्नो स्थानबाट सबै लाग्न आग्रह पनि गरे । आर्थिक सहयोग गर्न नसके पनि श्रमदान गर्न सकिने भन्दै स्थानीयलाई सक्रियता बढाउन आग्रह गरेका उनिहरु आफै कार्यक्षेत्रमा खटिएर श्रमदान समेत गरिरहेका थिए ।

आजको बिशेष पछिल्लो अपडेट सहित यच बि ताम्राकार संग सिता राम कट्टेलको लाइब भिडियो कुरा कानी पनि हेर्नुहोस :