अविबाहित अनौठा गोठाले दाई, बिहे र केटी भनेपछि सातो जान्छ (भिडियो)

हुमनाथ बराल बर्षले ४० काटे तर बिहे भनेपछि उनको सातो जान्छ । पोखरा १३ काहुँ खोलामा भेटिएका उनी पेशाले गोठाले हुन् । सानै उमेरदेखी गोठालो गर्ने गरेका हुमनाथ दाई भाउजूसंग बस्दै आएका छन् । भैसी र गोरु लिएर घर नजिकैको फाँट तथा जंगलमा उनी गोठालो जाने गर्छन् । बाबु आमा परलोक भैसकेको बताउँने हुमनाथ केटी र बिहे भनेपछि कान समाउँछन् ।
जवानीमा बाबुआमाको दवादमा केटी हेर्न गएछन् । केटी काली रहिछ सातो गएर फर्किएछन् । पछि अर्को केटी हेर्न जाँदा केटी सानी परिछ त्यहाबाट पनि उनी भागेछन् अहिले ४० बर्ष पुग्दा पनि उनी बिहे र केटीदेखी डराउँछन् । सधै हसिँलो अनुहार भएका र हासिरहने हुमनाथसंग गरिएको यो रमाईलो कुराकानी हेर्नुहोस् ।