प्रचण्ड सीआइएलाई भेट्न अमेरिका गएको खुलासा, सिके र प्रचण्ड दुवै विखण्डनकारी : ज्ञानेन्द्र शाही (भिडियो)

युवा विश्लेषक ज्ञानेन्द्र शाहीले आउँदो चैत्र ८ गतेको दिन राजधानीको बसन्तपुर डबलीबाट भ्रष्टचारविरुद्ध मीटु अभियान गर्ने भएका छन्। यस अभियानमा डा. सुरेन्द्र भण्डारी, पुर्व प्रधान न्यायधिश सुशिला कोइराला देखि भ्रष्टचार एउटा महारोग हो भन्ने व्यक्ति सहभागी हुने शाहीले बताए।
देशको समसामयिक घटनालाई नजिकैबाट नियालिरहेका उनले प्रचण्डलाई सामन्ती भनेका छन्। प्रचण्ड जस्तै दुई अरु जन्मिए भने देश नरहने उनको ठम्माइ छ।

श्रीमतीको उपचारका लागि प्रचण्ड अमेरिका पुगेका छन्। यस विषयमा बोल्दै उनले भने, ‘प्रचण्डलाई भगवानले श्राप दिसकेका छन्। अमेरिकन साम्राज्य मुर्दावाद भन्दै सोझा जनताका ७. ८ बर्षको बच्चालाई प्रयोग गर्दै व्यक्तगत स्वार्थको निम्ति प्रचण्डले १७ हजार मारेर सत्तामा पुगे। उनले थपे, ‘आज अधिकांश व्यक्तिहरु औषधि नपाएर मरिरहेका छन्। १७ हजार मान्छे मार्ने प्रचण्डले आफ्नी श्रीमती बचाउन अमेरिका लगे। उनका सिता र उनलाई श्राप लागेको हुनुपर्छ।’

उनले उपचारको बाहनामा प्रचण्ड अमेरिकाका सीआईएसँग फाइदाको सम्झौता गर्न गएको उनले बताएका छन्।

उनले प्रचण्ड सिके राउतसँग मिलेर देशलाई विखण्डन गर्न लागेको उनको आरोप छ। उनले देशमा जनयुद्ध नभएको भए देश धेरै माथि गईसक्ने बताए। प्रचण्डजस्ता व्यक्तिले गर्दा देश १० पछि गएको उनको भनाई छ। जबसम्म देशमा अन्धभक्त कार्यकर्ता हुन्छन तबसम्म देशमा विकास नहुने दावी गरेका छन्।

हेर्नुहोस भिडियो