लोकतन्त्रमा निर्बाचन एक पर्ब हो | बिदेशी भुमिलाइ कर्म थलो बनाएका नेपालिहरुलाई एन आर एन को निर्बाचन त्यस्तै एउटा चाड हो

डा. निरन्जन अर्याल,

लोकतन्त्रमा निर्बाचन एक पर्ब हो | बिदेशी भुमिलाइ कर्म थलो बनाएका नेपालिहरुलाई एन आर एन को निर्बाचन त्यस्तै एउटा चाड हो | यो एक अबशर पनि हो , आगामी दुइ बर्षमा बिदेशिएका प्रत्यक नेपालीको आवाज बुलन्द पार्न सक्ने सक्षम नेतृत्व चुन्ने | कर्मभुमिमा अनगिन्ति समस्या संग जुध्दा जुध्दै जन्मभुमि बाट टाढीएको पत्तै हुदैन |

विदेशमा हामि माझ रहेका समस्या सुल्झाउने मात्रै हैन हामिलाइ हाम्रो प्राण भन्दा प्यारो देश नेपाल संग भावनात्मक सामिप्यतामा राखिराख्ने माध्यम पनि हो एन आर एन | त्यसैले हामीले एन आर एन को पदाधिकारी हरु चुन्दा अति बिबेक पुर्याउनु जरुरि छ | श्री सुनिल शाह जीलाइ एन आर एन अमेरिकाको अध्यक्ष पद को प्रत्याशीको रुप मा पाउनु हामि सबैको लागि गौरबको बिषय हो |

अमेरिकन युनिभर्सिटी बाट इञ्जिनियरिङ्ग मा मास्टर्स र एम बि ए डिग्री हासिल गर्नुभएका शाह इमान्दारी र कार्य क्षमतामा अब्बल हुनुहुन्छ | अमेरिकाको टेक्नोलोजी देखेका भोगेका अमेरिका बासि नेपालि हरुको दायित्व र चाहना आफ्नो देश नेपालको बृहत रुपान्तरणको हुने गर्दछ | त्यसका लागि भिजन सहितको नेतृत्वको जरुरि पर्दछ | हामीले गर्न सक्ने धेरै छ, त्यसका लागि मात्र एक सबल संगठनको खाचो छ |

अहिलेको स्तिथिमा सुनिल शाहको नेतृत्वले संगठनलाइ सबलता त प्रदान गर्ने नै छ साथसाथै हामीले दिनानुदिन भोगेका समस्याहरुको कानुनि हल निकाल्न पनि सक्षम हुनेछ | सुनिल शाहलाइ जिताऔ, आफ्नो आवाज अझ बलियो र बुलन्द बनाऔ | सुनिल शाह नै किन भन्ने प्रश्नका अनगिन्ती उत्तर हरु छन | धेरै बखान गर्नुभन्दा उहाका अहिलेसम्मका काम को मुल्यांकन र आगामी दिन का भिजन ले प्रस्ट हुन्छ , अबको एन आर एन ए अमेरिकाको नेतृत्वको असली हकदार सुनिल शाह हुनुहुन्छ |