इम्युनोलोजि सम्बन्धि उच्च प्रविधि भित्र्यायो ब्लुक्रस अस्पतालले

डाईग्नोटेक स्पोर्टको सहयकार्यमा अस्पतालले रोस कम्पनीको इम्यिुनोलोजी सम्बन्धि रोग परिक्षण गर्ने उपकरण जडान गरेको हो ।

अत्याधुनिक प्रविधिको उक्त उपकरणबाट इम्युनोलोजी सम्बन्धि विभिन्न परीक्षणहरु अस्पतालबाटै गरिने अस्पतालका संचालक समिति तथा कार्यकारी व्यवस्थापन समतिकिा सदस्य–सचिव रजत श्रेष्ठले बताए ।

साथै विशेषज्ञहरुबाट विभिन्न रोगहरुको समयमा नै पहिचान गरी बिरामीलाई सहज उपचार दिने अस्पतालको लक्ष्य छ ।

शुक्रबार उक्त उपकरणबाट के–कस्तो परीक्षण गरिन्छ लगायतका विषयमा डाइग्नोटेक स्पोर्टका प्रमुख कार्यकारी निर्देशक सुशील थापाले प्रस्तुति समेत दिएका थिए ।

हिमालय होटेलमा आयोजित कार्यक्रममा करिब १ सय जना चिकित्सकहरुको उपस्थिती रहेको थियो । कार्यक्रम उपलब्धिमुलक भएको अस्पतालका प्रशासकीय तथा वित्तीय प्रवन्धक सतिदेवी गौतमले जानकारी दिइन् ।

कार्यक्रममा उपस्थित चिकित्सकहरुले भने अस्पतालको थप सेवाले बिरामीहरुको उपचारमा निकै ठूलो भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए ।