‘छोरीको बेदना’ एउटा यस्तो मार्मिक प्रस्तुति जसले संसार रुवाउदै (भिडियो सहित)

स्कटनेपाल युके,

एउटा मार्मिक बिडम्बना बोकेको हृदयविदारक भाबुक बनाउने प्रस्तुती, गरीब परिवारको यथार्थ घटनालाई आधार बनाएर नायिका तथा मोडल टिका जैसिको “छोरिको वेदना” नामक गित केहि दिन अगाडी बजारमा आएको छ ।

उक्त भिडियोमा मिठो स्वर की धनी लोकप्रिय गायिका पूर्णकला विसि को रहेको छ भनी शिव हमालको लय शब्दमा रहेको यो गितलाई विश्वास नेपालले एरेन्ज गरेका हुन ।

बि स्टार फिलिम्सले निर्माण गरेको यो भिडियोमा टिका जैशीको दमदार अभिनय रहेको छ, साथै स-परिवारले यस भिडियोमा अभिनय गरेका छ्न।

“छोरिको वेदना” यस म्युजिक भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन भने छायान्कन प्रकाश खड्काले गरेका छन, साथै मिलन विश्वकर्माले यो भिडियोको सम्पादन गरेका छन।

एउटा गरीब परिवारमा एउटा अपाङग छोरिले भोग्नु परेको दुख कष्टलाई गित र भिडियोवाट प्रष्ट पार्न खोजिएको छ। उक्त भिडियो बाट हाम्रो देशमा यस्ता बिषय बस्तुहरुलाइ ध्यानआकषर्ण गराउदै टिका जैसी को अभिनयको निन्दा गर्दै यस्तै धेरै प्रस्तुतीहरु फेरी पनि फैलिदै जावोस भन्दै हाम्रो स्कटनेपाल परिवारको सुभामकाना सहित तलको भिडियो हेर्नुहोला भन्न चाहन्छौ ।

अति उत्क्र्ष्ट यस “छोरिको वेदना” गित हेर्नको लागी तलको लिंक क्लिक गर्नुहोला ।