नेपाल स्नेही काखमा देखियो सबिता सरु माताको रहस्यमय अवतार

भक्तपुर। मानसिक सन्तुलन गुमाएर सडकसम्म आएका व्यक्तिको संरक्षण स्थल हो, ललितपुरको एकान्त कुनामा रहेको नेपाली स्नेही काख । यो संस्था २०६७ सालदेखि श्रीनेहा पोखरेलले आफ्नै लगानीमा सञ्चालन गर्दै आएकी हुन्। १६ वर्षको उमेरदेखि नै यो संस्था सञ्चालन गर्दै आएकी उनले आफ्नो सबै कमाई यसैमा लगाएकी छिन्। यद्दपि अहिले उनलाई निरन्तर सहयोग गर्ने केहि सहयोगी मन भएका दाताहरु पनि छन्।

कसैले संस्था भनेर सम्बोधन गर्दा उनी बढो चित्त दुखे झैँ गरि यो संस्था होइन नि घर हो भन्ने पनि गर्छिन्। वास्तव मै भन्ने हो भने नेपाल स्नेही काख बेशहाराको घर अनि अन्धकारमा बाचेकाको उज्याल्प दिप बन्न सफल भएको छ। हाल उनको घरमा ७ जना दुधे बालक सहित ४० भन्दा बढी मानसिक सन्तुलन गुमाएका सदस्यहरु छन्। मानसिक सन्तुलन गुमाएकी महिलाहरु मध्य एक महिला गर्भवती छिन्। उनलाई भर्खर दांगबाट ल्याइएको उनले बताइन्।

अब यस्ता सडक मानव उद्दार गर्न नपरे पनि हुन्थ्यो नि जस्तो उनलाई लाग्छ। यो उनले उद्दार कार्यमा दिक्क लागेर भनेकी होइनन् न त घरमा नअट्ने भएर नै। उनलाई नेपाल सडक मानवमुक्त बनोस भन्ने इच्छा छ। तर विडम्बना उनलाई उर्लाबारीबाट उद्दार गरिदिन आइदिनुस न भनेर अनुरोध आइसकेको छ। अब कसैको उद्दारको अनुरोध उनले बेवास्ता पनि कसरि गरुन ? यसरि नै बढ्छन् उनको घरमा परिवारको सदस्य।

ललितपुरको एकान्त कुनामा रहेको यो संस्था अहिले भाँडाको एउटा टहरामा सञ्चाल हुँदै आएको छ। मानसिक सन्तुलन गुमाएका व्यक्ति बस्नका लागि कसैले भाँडामा घर दिन नमान्दा टहरोमै संस्था सञ्चालन गरेको उनको पीडा छ। कतै सरकारी जग्गा पाए उनले आफ्नो संस्था त्यही सार्ने उनको इच्छा छ। उनले संस्थाको लागि भनेर जग्गा नहेरेकी पनि होइनन तर मानसिक सन्तुलन गुमेको व्यक्ति राख्ने भने पछि घर भाडा बढाउने अनि नदिने गरेको उनको तितो अनुभव छ।

स्नेही काखमा आफ्नो तर्फबाट थोरै भए पनि बेलाबेलामा सहयोग गर्ने केहि दाताहरु छन्। उनको काम र संस्थाको अवस्था बुझेर संस्थामा आफ्नो जन्मोत्सव, विवाह उत्सब, वर्षगाठ आदि जस्ता खुसियालीको दिनमा खुसि साट्न आउने पनि धेरै छन्। भर्खरै मात्र सबिता सरु माताले पनि सहयोग सहित नेपाल स्नेही काख अबलोकन गरिन् अनि आफ्ना केहि भनाइहरु व्यक्त गरिन्।

सबै संस्थाका सबै सदस्यसँग भेटघाट गर्दै उनले केहि आर्थिक सहयोग समेत गरेकी छिन्। खाद्यान्न सामान सहित स्नेही काख पुगेकी उनी त्येहाको अवस्था देखेर निकै भावविहोल भईन्। सामाजिक क्षेत्रमा उनले योगदान पुर्याएको यो पहिलो पटक भने होइन। उनी उनले सकेको जति विभिन्न आश्रममा गएर खान खुवाउने, लत्ताकपडा बढ्ने जस्ता कार्यहरु गरिरहेकी नै हुन्छिन्।

सबिता सरु माताको मात्र होइन नेपाल स्नेही काखलाई तपाईहामी सबैको सहयोगको खाँचो छ। वेवारिसे सडकमानवलाई भगवान कै रुपमा आएर संचालिका श्री नेहा पोखेरेलले आफ्नो आधी जीवन नै व्यतित गरेकी छिन्। उनको यो सत्कर्मलाई साथ दिनु हाम्रो पनि मानवीय कर्तब्य हो। आफुले सकेको जति सहयोग गर्न कसैले पनि नहिच्किचाउनु होला। तपाईको सानो सहयोगले स्नेही काँखको लागि ठुलो राहत मिल्ने छ।

मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई सहयोग गरेर उनीहरुको जीवनमा थप खुसी दिन जो कोही सहयोगी मनहरुले निस्वार्थ सहयोग गर्न विनम्र अनुरोध छ। सहयोग गर्न चाहने व्यक्तिले सिद्धार्थ बैँक, बानेश्वरको खाता ०१५००१५८६ वा सिधै संस्थाको कार्यलय अथवा फोन नम्बर ९८०३८०९७२१ मा सम्पर्क गर्न सक्नेु हुने छ।

बाँकी हेर्नुहोस् भिडियोमा :